पोखरा महानगर घुस प्रकरण : बयान फेर्ने साक्षीलाई पनि भ्रष्टाचार मुद्दा

पोखरा । पोखरा महानगरका इन्जिनियर संलग्न घुस प्रकरणमा अदालतमा बयान फेर्ने २ जनाविरुद्ध वयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि बयान फेरेको आरोपमा मुद्दा दायर गरेको हो ।
रंगेहात घुससहित प्रक्राउ परेका भनिएका विरुद्ध परेको मुद्दामा अदालतमा साक्षीका रुपमा पेश गरिएका उनीहरुले बयान फेरेपछि अख्तियारले मुद्दा चलाएको हो । अख्तियार पोखराको टोलीले वैशाख २० मा पोखरा महानगरपालिकाका नक्सा शाखामा कार्यरत सब–इञ्जिनियर उषाकिरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवरविरुद्ध मुद्दा दायर गरेको थियो ।
रोकाया र कुँवरलाई सेवाग्राहीसँग रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले चैत २८ गते पक्राउ गरेको थियो । अनुसन्धानका आधारमा संलग्नता देखिएको भन्दै इन्जिनियर बराललाई पनि वैशाख ४ गते पक्राउ गरिएको थियो ।
त्यही घटनामा संलग्न २ जना केशवप्रसाद तिवारी र उर्मिला पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रुपमा अदालतमा पेश गरेको थियो । तर विशेष अदालतमा उपस्थित भएका उनीहरुले उल्टो बकपत्र गरेको भनी उनीहरुमाथि समेत मुद्दा चलाएको हो ।
सरकारी साक्षीले उल्टो बकपत्र गरेमा वा अख्तियारको प्रतिकुलमा बकपत्र गरेमा उसलाई दिएको सजाय छुटको मागदाबी उल्ट्याएर मुद्दा चलाउने चलन छ ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया