बैदामका नयाँ डिएसपीले गरे समुदायसँग छलफल

समाधान संवाददाता २०८१ साउन १९ गते ९:२८

पोखरा । समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सबै पक्षको सामूहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

Advertisement

पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्वारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा सामूहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागीहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगती नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
वडा प्रहरी कार्यालय बैदाममा हालै जिम्मेवारी लिएर आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष निरौलाले यस क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्ने विश्वास व्यक्त गरे

Advertisement

कानुनी मान्यता र अधिकारका आधारमा सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने गरी काम गर्ने प्रतिवद्धता जनाउँदै उनले त्यसका लागि समुदायसंगको सहकार्यको आवश्यकता आंैल्याए ।

कार्यक्रममा वडा प्रहरी बैदाम कार्यक्षत्र अन्तर्गतका पोखराका ११ वडाका जनप्रतिनिधि, राजनीतिक दल, टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरुले सहभागिता रहेको थियो । प्रहरी निरीक्षक कमल पोखरेलले स्थानीयको सुझावका आधारा शान्ति सुरक्षामा सहकार्य गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । आगामी दिनमा सुझावका लागि पर्यटन व्यवसायी,उद्योगी, सञ्चारकर्मीसँग छलफल कार्यक्रम गरिने तयारी गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया