पोखराको बजार क्षेत्रमा भीख माग्दै हिँड्ने २२ जनाको उद्धार

समाधान संवाददाता २०८१ साउन १९ गते १०:३०

पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरले गण्डकीसहित पोखरालाई सयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिसकेको छ । तै पनि पोखराका विभिन्न स्थानमा माग्दै हिँड्नेहरुको भीड नै देखिन्छ । बाटो नै छेकेर दृष्टिविहीनहरु गीत गाएर पैसा उठाइरहेका हुन्छन् ।

Advertisement

यस्तै गुनासो बढेपछि वडा प्रहरी कार्यालय बैदामले पोखराका ४ वटा वडाबाट सडक आश्रित २२ जना व्यक्तिहरुलाई उद्दार गरी पोखरा महानगरपालिकाको जिम्मा लगाएको । वडानम्ब्र ४, ५, ६, र ९ का सडक पेटीमा बसी माग्दै हिड्ने, जोगीको भेष गरी हिड्ने महिला, पुरुष, बालबालिका तथा भारतीय नागरिक, बालबालिकाहरु सहित २२ जनालाई उद्दार गरी पोखरा महानगरपालिकाको कार्यालयलाई जिम्मा लगाइएको हो ।

तीमध्ये महानगरको समन्वयमा १० जना पुरुष मानवसेवा आश्रम हेम्जा, ४ जना बालक बाल हेल्पलाइन अमरसिंह र ८ जना महिलालाई मानव सेवा आश्रम छोरेपाटन पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Advertisement

भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले नदिने बताएको छ ।

बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइएको छ । बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको डिएसपी शर्माले बताए ।

तपाईको प्रतिक्रिया