पोखरामा पत्रकारमाथि कुटपिट गर्ने थप १ जना पक्राउ

पोखरा ।
रिपोर्टिङमा खटिएका पत्रकारमाथि हातपात गर्ने मध्ये थप १ जना पक्राउ कास्की प्रहरीले पक्राउ गरेको छ । शुक्रबार पोखरा महानगरपालिका १७ बस्ने वर्ष १७ का एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरामा यातायात व्यवसायीको आन्दोलनका क्रममा साउन १३ गते रिपोटिङमा खटिएका पत्रकार माथि यातायात व्यवसायीहरुले कुटपिट गरेका थिए ।
त्यस दिन यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले निजी दुई र चार पांग्रे सवारी साधनहरुलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागु गर्न लागेको विषयको बिरोध गरेका थिए । सोही विषयमा रिपोर्टिङमा खटिएका पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि उनीहरुले आक्रमण गरेका थिए । घटनामा संलग्न अन्य ५ जनालाई भने प्रहरीले भोलिपल्ट नै पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया