कक्षा १२ को रिजल्ट: मदरल्याण्ड र एसओएसका विद्यार्थी नेपाल टप
पोखरा ।
पोखराका दुई विद्यालयका विद्यार्थीले कक्षा १२ को नजितामा सर्वोत्कृष्ट नम्बर ल्याएर नेपाल टपेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ७ मा रहेको मदरल्याण्ड माध्यमिक विद्यालय र पोखरा १० मा रहेको एसओएस बाल ग्राम विद्यालयका एक÷एक जना विद्यार्थीले ३.९६ ल्याएर नेपाल टपेका हुन् । मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारी ३.९६ जिपिए ल्याएर देशभरमै सर्वोत्कृष्ट अंक ल्याएकी हुन् । दुवै जना विज्ञान संकायका विद्यार्थी हुन् ।
सदीक्षा पोखरा–१७ निवासी हुन् भने तिवारी पर्वत घर भई पोखरा बस्छन् । मदरल्याण्डका अरु ३ जना विद्यार्थीले पनि ३.९५ जिपिए ल्याएका छन् । मदरल्याण्डले व्यवस्थापन संकाय तर्फपनि सर्वोत्कृष्ट नम्बर ल्याएको अनुमान छ । व्यवस्थापन संकायकै प्रसिम आचार्यले ३.९२ जिपिए ल्याएका छन् । विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट प्रशंसा बरालको ३.९५ जिपिए ल्याएका छन् ।
देशभर कुल परीक्षार्थीमध्ये ५२ प्रतिशत पास हुँदा मदरल्याण्डले ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो । मदरल्याण्डमा कुल ३ सय ६१ विद्यार्थीले परीक्षा दिएका थिए । विज्ञान संकायका १ सय ९० मध्ये ९८.४२ प्रतिशत र व्यवस्थापनका १ सय ७१ मध्ये ९६.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । एसोएसका १ जना विद्यार्थी बाहेक सबै जना पास भएको विद्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया