३ महिनामा ७१ जना पीडित

समाधान संवाददाता २०८१ साउन २० गते ११:१८

पोखरा ।
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) गण्डकी प्रदेश कार्यालयले प्रदेशको मानव अधिकार अवस्थाको पछिल्लो त्रैमासिक स्थितिसूचक प्रकाशन गरेको छ ।

Advertisement


गण्डकीमा मानव अधिकार ज्यादतीका घटनामा ५ पुरुष र ६६ महिला गरी ७१ जना पीडित भएको इन्सेकमा अभिलेख गरेको गण्डकी संयोजक शिव खकुरेलले बताए । इन्सेकले सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ गतेदेखि ०८१ असार १६ गतेसम्म प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको तथ्यांक अभिलेख गरेको हो ।


इन्सेकले गरेको तथ्यांकमा अन्यपक्षबाट भएको घटनामा १ महिला घाइते भएको उल्लेख छ । अमानवीय व्यवहारबाट १ महिला पीडित भएकी छन् । यसै अवधिमा अन्य पक्षबाट कुटपिटका घटनामा १ पुरुष र एक १ महिला गरी दुई जना पीडित भएका छन् ।

Advertisement


अन्य पक्षबाट २ पुरुष र ५ महिला गरी ७ जनाको हत्या भयो भएको इन्सेक गण्डकी प्रदेश संयोजक खकुरेलले बताए । बाल अधिकार उल्लंघनका घटनामा २ बालक र १८ बालिका गरी २० जना पीडित भएका छन् ।


बलात्कारका घटनामा १३, बेचबिखन तथा ओसारपसार घटनामा १, यौनदुव्र्यवहारमा ५ जना र विद्यालयमा शारीरिक सजायका घटनामा एक पीडित भएको भएको इन्सेकले अभिलेख गरेको छ । सबै प्रकारका भेदभाव, दुव्र्यवहारका घटनामा ४० महिला पीडित भएका छन् ।

Advertisement


बलात्कारका घटनामा पाँच, बहुविवाहबाट एक जना, बलात्कारको प्रयासका घटनामा एक जना, यौनदुव्र्यवहार घटनामा एक जना र घरेलु हिंसाबाट ३२ जना महिला पीडित भएको अभिलेखसहितको तथ्यांक इन्सेकले प्रकाशन गरेको हो ।


इन्सेक गण्डकी प्रदेशले हरेक तीन महिनामा समग्र मानव अधिकारका अवस्थालाई विश्लेषण गर्दै मानव अधिकार स्थिति सूचक प्रकाशन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया