`विद्यालय शिक्षा ऐन छिट्टै टुंगिन्छ´

पोखरा ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन विचाराधीन संसदीय समितिमा छलफल भइरहेकाले छिट्टै टुंगिने बताएकी छन् ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले यस्ताे बताएकी हुन् । ‘विद्यालय शिक्षा ऐन विचाराधीन छ। संसदमा छलफल चलिराखेको छ। शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड त्यसले बनाइसकेको छ,’ उनले भनिन्,’यदि शिक्षकहरू आरोपित हुँदाखेरी हामीसँग छुट्टाछुट्टै ऐनहरू छदैछन्। यी ऐनहरुमार्फत उहाँहरू कारवाहीमा पर्ने आधारहरू अलरेडी छन्। भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ।’
उनले थपिन्, ‘तर, शिक्षकहरुलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, बेठिक हुन् भन्ने तिनै शिक्षकहरुले विद्यालय धान्नपर्ने कुराले मलाई लाग्छ हामीले खोजेको गुणस्तरीयता पाउन नसकिँदैन। लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन। हामी लोकप्रिय पनि हुनुपर्छ। व्यवहारिक पनि हुनुपर्छ।’








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया