जुत्ता व्यवसायीलाई कर प्रशिक्षण

समाधान संवाददाता २०८१ साउन २० गते २१:०४

पोखरा

Advertisement

जुत्ता व्यवसायी संघ कास्कीले व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण दिएको छ । संघले कर नीति, उद्योगी तथा व्यवसायीहरूले गर्नुपर्ने कार्य, हिसाब–किताब कसरी राख्ने, व्यवसायीहरूलाई पर्ने समस्या समाधानका उपाय लगायत बारेमा प्रशिक्षण दिएको हो ।


व्यवसायीहरूको मागअनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले जानकारी दिए ।

Advertisement

कार्यक्रममा अग्रज व्यवसायी तथा उद्योगी देवराज खड्का कर प्रशिक्षक आन्तरिक राजस्व कार्यालय कास्कीका कर अधिकृत ठाकुरप्रसाद सुवेदी मोटिभेटर शंकर पोखरेल संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली तथा पूर्वअध्यक्ष एवं सल्लाहकार, कानुनी सल्लाहकार कार्यक्रम संयोजक कार्यसमितिका पदाधिकारी एवं साधारण सदस्यहरु लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया