बाँदर आतंक हटाउने विकल्प खोजी

पोखरा
ग्रिन गभर्नेन्स नेपालको आयोजना एवं युएसएआइडीको सहयोगमा शनिबार पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदरका कारण बढ्दो समस्या र समाधानबारे छलफल गरिएको छ ।
सिड फाउन्डेसन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा वक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए । ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुन भुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने सुनाए ।
संस्थाले मानव वन्यजन्तु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई धपाउने जस्ता विभिन्न विकल्पबारे अध्ययन गरिरहेको जानकारी दिए । बाँदर प्रकोपको विकल्पमा कागती, खुर्सानी, अदुवा जस्ता विभिन्न वैकल्पिक खेती गर्न सकिने उनको भनाइ छ ।
बन्यजन्तुुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० लगायतका कानुनी व्यवस्थाबारे समेत उनले प्रकाश पारे । सिड फाउन्डेसन नेपालका निर्देशक दामोदरभक्त थापाले बाँदरको प्रकोप कम गर्नका लागि उनीहरूले खाने फलफूलका बोटसहित बाँदर बगैंचाको अवधारणा अघि सार्नुपर्नेमा जोड दिए ।
मादी गाउँपालिका वडा नं १२ लिपेपानीका गिरेन्द्र गुरुङले बाँदर तर्साउने बन्दुकबारे जानकारी दिए । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालले बाँदरले खेतीमा पार्ने गरेको असरबाट जोगिन कुरिलो, सिप्लीकान खेती जस्ता विभिन्न विकल्प अपनाउने सकिने सुझाव दिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया