तीजगीत किन विवादित ?

समाधान संवाददाता २०८१ साउन २२ गते १३:२५
sf7df8f}F, !$ ebf} . xl/tflnsf tLhsf] cj;/df kz'klt ldGb/ kl/;/df g[To ub}{ dlxnfx? . tl:a/ M k|bLk/fh jGt, /f;;

गण्डकी ।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गत आइतबार ग¥यो । तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको उसको ठहर छ । तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले विज्ञप्तिमार्फत माफी माग्नुपर्‍यो ।


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी उनले आगामी दिनमा शब्द र संगीत छनोट गरेर गाउने जनाएकी छन् । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सिर्जना भयो ।


यस वर्ष पनि दर्जन बढी त्यस प्रकृतिका गीत विवादित बनेका छन् । तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसंगीतका मर्मत चिन्तित छन् । पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरुको बुझाइ छ ।

Advertisement


राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापामगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरूले तीज गीतलाई पनि विकृत पारेको बताइन् । ‘नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ’, उनी भन्छिन्, ‘सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्ति लागिपरेका छन् ।’

माइतीघर र कर्मघरको बिम्ब हराइसकेको छ । युवायुवतीको प्रेमको हलुका विषयले ठाउँ लिएको छ ।

Advertisement


अध्यक्ष थापामगरले कहिल्यै नाम नसुनेका निर्देशकले तीजगीतका नाममा अश्लील र भड्किला गीत तथा दृश्य सामग्रीको निर्देशन गरिरहेको दाबीसमेत गरिन् । ‘मौलिक तीज गीतको मर्म पछ्याएर सिर्जना गरिरहनुभएका थुप्रै कलाकार हुनुहुन्छ, अहिले पनि उहाँहरूका गीत सार्वजनिक भइरहेका छन्’, उनी भन्छिन्, ‘तर ती गीतको खासै चर्चा छैन, युट्युबमा भ्युज पनि कम छ ।’ लोक गीतसंगीतमा भित्रिएका विकृति रोक्न आफूहरूले पहल गरे पनि स्वयं सर्जक÷कलाकारले स्वनियन्त्रण गर्न सके मात्र मौलिकताको जर्गेना हुने उनको भनाइ छ ।


तीजगीत महिलाले मात्र गाइने भनेर चिनिए पछिल्लो समय पुरुषले पनि तीज गीत गाउन थालेका छन् । लोकगायक वसन्त थापाले तीज गीतमा अभद्र खालका शब्द र प्रस्तुति हुनु दुःखद् रहेको सुनाए । उनले सर्जकले तीज गीतको परम्परा र मौलिकतालाई आत्मसात गर्नुपर्ने विचार राखे । ‘पछिल्लो समय तीज पनि दोहोरी जस्तो हुन थालिसकेको छ, सस्तो चर्चाका लागि मात्र तीज गीत सार्वजनिक गर्नु हुँदैन,’ उनी भन्छन्, ‘तीजगीत विषयपरक गीत हो, यो हाम्रो सांस्कृतिक पर्व तीजसँग जोडिएको छ, यसको मर्मलाई मर्न दिनु हुँदैन ।’


वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले पछिल्लो समय तीजगीतको विषयवस्तु र शैली भड्किलो बनेको विचार राखिन् । मौलिक संस्कृतिसँग जोडिएको तीजगीतको जगेर्ना र संरक्षणमा गर्नुपर्नेमा नयाँ पुस्ता उल्टै बिगार्नतर्फ लागेको उनको भनाइ छ । ‘तीज गीतको विधान खल्बलिँदै गएको छ, यसको मूल मर्म भत्किसकेको छ’, कोइरालाले भनिन्, ‘तीज पर्व मान्नै शैली पनि बदलियो, आधुनिकताको मारमा हाम्रो मौलिक संस्कृति परिरहेको छ ।’


तीज गीत जहिले पनि घटनाप्रद हुने हुँदा तीजको गीतले घटना खोज्ने लोकगायिका कोइरालाको तर्क छ । तर हिजोआज घटनाभन्दा पनि क्षणिक र सस्तो रमाइलोका विषयवस्तु हाबी भइरहेकोप्रति उनको गुनासो छ । ‘तीज गीतको पौराणिक मान्यता पनि घटना र विषयवस्तुसँग जोडिएको छ, युग सुहाउँदो, चेतना जागृत गर्ने खालका, समसामयिक विषयवस्तु तीज गीतमा उठान हुनुपर्दछ,’ कोइराला भन्छिन् ।


कोइरालाले आफू र आफ्नो पुस्ताका गायिकाले २०४६ सालको आन्दोलनपछिको परिवर्तन, २०५८ सालको राजदरबार हत्याकाण्ड र अन्य समाजमा घटित घटनालाई विषयवस्तुमा उठाउने गरेको स्मरण गरिन् । पहिले महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यंग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीतसमेत गाउन गर्थे ।

अन्धविश्वास र विसंगतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उनको भनाइ छ ।
बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली संगीतको मौलिकता गुम्दै जान थालेको संगीतकर्मीहरु बताउँछन् । तीज गीतमा प्रयोग हुने माइतीघर र कर्मघरको बिम्ब हराइसकेको छ । युवायुवतीबीच हुने प्रेमको हलुका विषयले तीज गीतमा ठाउँ लिएको छ ।

तपाईको प्रतिक्रिया