लाखे नाचलाई सहयोग

समाधान संवाददाता २०८१ साउन २३ गते ११:०७

पोखरा ।

Advertisement

जाल्पादेवी नेवा ल्याम्ह पुच सिमलचौरले आयोजना गरेको कार्यक्रमा विभिन्न व्यक्तित्वले लाखे नाचलाई सहयोग गरेका छन् ।
ल्याम्ह पुच अध्यक्ष राजीव खिचाजुको अध्यक्षतामा भएको कार्यक्रमा पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले ४८ हजार २ सय ७० रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गरे । यस्तो कार्यक्रमलेलोपुन्मुख सांस्कृति संरक्षणमा सघाउने उनको भनाइ छ ।


कार्यक्रमा संस्थाका संरक्षक/सल्लाहकार कृष्णमान ठुसाजुले ५० हजार ५, सल्लाहकार वीरेन्द्रनारायण बिजुक्छे पाँच हजार, जाल्पादेवी ताया मचाः समिति अध्यक्ष जद्धमान् जोशीले ५० हजार, जाल्पादेवी नेवा मिसा पुच अध्यक्ष सबिना बिजुक्छे ले १५ हजार सहयोग गरेका छन् ।

Advertisement


लायन्स क्लब अफ पोखरा सिमलचौतारीका विक्रमकुमार खिचाजुले १५ हजार ५, जाल्पादेवी बहुउद्देश्यीय विकास समिति अध्यक्ष विश्वकुमार बिजुक्छेले १० हजार र जमुना श्रेष्ठ/सुरज श्रेष्ठले ४० हजार ३१ रुपैयाँ सहयोग गरेका छन् । सृजना विकास केन्द्र सिमलचौरका अशोककुमार श्रेष्ठबाट ९ हजार, शुभ प्रभात सहकारीबाट ५ हजार ५, सुविधा बचत तथा ऋण सहकारीबाट ५ हजार, सन्दीप श्रेष्ठ (ईश्वर)बाट १० हजार प्राप्त भएको छ ।


यसैगरी, प्रशान्त श्रेष्ठले १० हजार २०, युगेश श्रेष्ठले १० हजार १, विनोद बिजुक्छेले ५ हजार, माधव पौडेलले ५ हजार, राजकुमार ठुसाजुले .५ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । लाखे नाचका लागि सुमित्रा श्रेष्ठले ५ हजार ५ र सञ्जीवप्रकाश बिजुक्छे र डम्बरजंग कार्कीले जनही ५ हजार प्रदान गरेका छन् ।


कार्यक्रमा जाल्पादेवी ताया मचाः समिति अध्यक्ष जद्धमान् जोशी, संरक्षक/सल्लाहकार कृष्णमान् ठुसाजु, सल्लाहकार वीरेन्द्रनारायण बिजुक्छे, नेवा मिसा पुचः अध्यक्ष सबिना बिजुक्छे, जाल्पादेवी बहुउद्देश्यीय विकास समिति अध्यक्ष विश्वकुमार बिजुक्छे, नेवा मिसा पुचका सचिव सजना श्रेष्ठ, ल्याम्ह पुचका अध्यक्ष राजीव खिचाजु लगायतले बोलेका थिए ।


सो अवसरमा वडाध्यक्ष रुद्रनाथ बराल, जमुना श्रेष्ठ र संरक्षक एवं सल्लाहकार कृष्णमान् ठुसाजुले संयुक्त रुपमा लाखेको ख्वापा हस्तान्तरण गरेपछि लाखे नाच सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया