लायन्स पोखरा लेखनाथको तालिम

समाधान संवाददाता २०८१ साउन २३ गते १२:४३

लेखनाथ ।
लायन्स क्लब अफ पोखरा लेखनाथले महिलाको क्षमता तथा नेतृत्व विकासमा सहयोग पुग्ने गरी १८ वर्ष देखि ७८ वर्ष उमेर समूहका महिलालाई एकै ठाउँमा राखेर सकारात्मक सोच तथा उद्घोषण कला तालिम दिएको छ ।

Advertisement


पोखरा महानगरपालिका वडा नं २७ मा ३ दिनसम्म चलेको तालिममा नातिनी उमेर समूहकी १८ वर्षया कामना कुमालदेखि हजुरआमा उमेर समूहकी ७८ वर्षकी अग्मिाया देवकोटासहित ४० महिला सहभागी थिए । कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय ३२५ जेका गर्भनर मिलन थापाको खुसी बाढौं भन्ने थिम अन्तर्गत महिलासँग लायन्स अभियानलाई सहयोग पुग्ने गरी कार्यक्रम भएको बताइन् ।


पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समाज परिवर्तनका लागि सामाजिक संघ, संस्था र स्थानीय सरकारबिच समन्वय जरुरी भएकोमा जोड दिए । तालिमकी प्रशिक्षक शुष्मा पौडेलले सकारात्मक सोचले मात्र मानिसले क्षमता अभिवृद्धि गर्दै समाजमा नेतृत्व लिन सक्ने बनाउने विचार राखिन् ।

Advertisement


लायन्स पोखरा लेखनाथ अध्यक्ष अर्जुन भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका रिजन चियर पर्सन मोहनराज आचार्य, लायन्स क्लब गण्डकी एरियाका कोषाध्यक्ष जयराम आचार्य, पढाउ अभियानका चिफ घनश्याम ढुगाना, पत्रकार भीमपाणि बराल, लायन्स क्लब अफ पोखरा लेखनाथका संस्थापक अध्यक्ष हरि बस्ताकोटी, कार्यक्रम संयोजक चेतबहादुर कुमाल र क्लबका सचिव वेदनाथ सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया