क्षत्री समाज नेपाल कतारको स्थापना दिवस

समाधान संवाददाता २०८१ साउन २३ गते १३:११

पोखरा ।
क्षत्री समाज नेपाल कतार शाखाको १४ औँ स्थापना दिवसको सन्दर्भमा विशेष अन्तर्राष्ट्रिय क्षत्री भेला कतारको दोहामा भएको छ । कार्यक्रममा कलाकारहरुले राष्ट्रियता झल्कने गीत, नृत्य, नाटक लगायत बिविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।

Advertisement


समाजका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले कार्यक्रम उद्घाटन गर्दै कतारमा रहेका क्षत्रीहरुले समाजको लागि महत्वपूर्ण योगदान गरेको बताए । उनले समाजलाई अगाडि बढाई क्षत्रीको पहिचानलाई व्यापक बनाउन सुझाव दिए ।


क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले कतारका कार्यरत नेपाली श्रमिकको समस्यालाई समाधान गर्न समाजले पहल गर्ने जानकारी दिए । उनले क्षत्री समाजलाई विश्वभर विस्तार गर्ने योजना अनुसार जापानमा तदर्थ समिति गठन गर्ने योजना सुनाए ।

Advertisement


कार्यक्रममा कतार शाखाका अध्यक्ष श्यामकुमार डाँगीलाई शाखा मान्यता, लोगो सहितको ब्याज, वितरण कार्यक्रम निर्देशिका प्रदान गरिएको समाजका महासचिव थापाले जानकारी दिए । संस्थापक उपाध्यक्ष हंशराज ढकाल क्षत्रीलाई कतारसहित दुबई, स्पेन, बेल्जियम, वेलायतको अन्तर्रािष्ट्रय इन्चार्ज, जिम्मेवारीपत्र, सहित कार्यक्रम निर्देशिका प्रदान गरिएको छ ।


कतार शाखाका अध्यक्ष डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली राष्ट्रिय परिषदका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, नेपाल पत्रकार महासंघ कतारका उपाध्यक्ष अर्जुन पौडेल, कतार एकता समाजका प्रतिनिधि कमल आचार्य, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, जन प्रगतिशील मञ्च कतारका अध्यक्ष राज देवकोटा, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष चानक पोखरेल, अन्तर्राष्ट्रिय रक्तदाता समूहका सचिव कल्याण थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतारका अध्यक्ष शिवराम ढकाल, नेपाली महिला समाजको अध्यक्ष लोकमाया केसी, आदीवासी जनजाति महासंघ कतारका अध्यक्ष डिएन मगर, अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव ध्रुव क्षत्री, प्रवासी नेपाली एकता मञ्चका प्रमुख सल्लाहकार गणेश ढकाल लगायतले कतारमा रहेका नेपालीको अवस्थाको बारेमा बोलेका थिए ।


समाजको दोस्रो संशोधित विधान संयोजक आरसी पन्थ, पूर्वअध्यक्ष रेशम बस्नेत, संरक्षकहरु क्रमशः सागर नेपाल, नरेन्द्र भाट, चूडामणि कार्की, सचिव शिवलाल केसीले लगायतले समाजको गतिविधिबारे प्रकाश पारे । कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष थापा र महासचिव थापालाई सम्मान गरिएको छ । क्षत्री समाज नेपालको आधिकारिक शाखा मान्यता पाएको कतार शाखाले १४ वर्षदेखि सामाजिक तथा मानवीय सेवाका काममा क्रियाशील रहेको संस्थापक उपाध्यक्ष क्षत्रीले बताए ।

तपाईको प्रतिक्रिया