मुस्ताङ गल्फमा याक पुरस्कार

समाधान संवाददाता २०८१ साउन २३ गते १६:०४

पोखरा ।
मुस्ताङ गल्फ कोर्सले विश्वको सर्वाेच्च स्थानमा रहेको मुस्ताङको लोमान्थाङको गल्फ कोर्षमा गल्फ प्रतियोगिता गर्न लागेको छ । मुस्ताङ गल्फ क्लबले आगामी भदौ १ गते टप अफ द वल्र्ड क्लासिक गर्न लागेको कोर्सका प्रबन्धक निर्देशक ईन्द्रधारा बिष्टले जानकारी दिए ।

Advertisement


४ हजार ६ सय ४५ मिटर उचाइमा प्रतियोगिता गर्न लागिएको हो । तेस्रो संस्करणको टप अफ द वल्र्ड क्लासिकका लागि धेरै अन्तर्राष्ट्रिय गल्फरहरु ल्याउने लक्ष्य लिएको उनले उल्लेख गरे । प्रतियोगितामा भारत अमेरिकाक अलावा गैरआवासीय नेपालीसँगै ५५ देखि ६० जनाले भाग लिने अपेक्षा गरिएको छ ।


उनले खेलकुदसँगै मुस्ताङमा पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य सुनाए । ‘स्वदेशी तथा विदेशी पर्यटको रोजाइ अहिले लुम्बिनी, सगरमाथापछि तेस्रोमा मुस्ताङ पर्छ,’ उनले भने, ‘मुस्ताङ गल्फ कोर्सले विश्वको सर्वाेच्चमा भएको प्रतियोगिताको रुपमा प्रचारप्रसार गर्ने छ ।’

Advertisement


उनले यस कोर्सलाई गल्फ च्यानलबाट विश्वको उच्चतम उचाईमा रहेको गल्फ कोर्सको मान्यता पाएको दाबी गरे । विगतमा प्रतियोगिताका होल इन वन गर्ने खेलाडीलाई घोडा पुरस्कार प्रदान गर्दा सर्वाधिक चर्चा पाएको जानकारी दिदै उनले होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई यस वर्ष याक पुरस्कार प्रदान गरिने जनाए ।


उचाइका कारणले प्रतियोगिता ९ होलमा स्टेबल फोर्ड ढाँचामा खेलाइने छ । प्रतियोगिताका विजेता, उपविजेता, बेस्ट ग्रस, महिला विजेता, क्लोजेस्ट टु द पिन र लंगेस्ट ड्राइभकामा पुरस्कार प्रदान गरिनेछ ।


प्रतियोगिताका लागि लोमान्थाङ गाउँपालिका, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रभु बैंक, सोल्टी पानी, जर्मन बेकरी, मुस्ताङ हिमालयन रिसोर्ट लगायतले सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया