हेमोडायलसिसलाई व्यवस्थित गर्न सफ्टवेयर
पोखरा ।
गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनिटरिङ सिस्टम विकास गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो ।
बुधबार मन्त्रालयमा नै भएको कार्यक्रमकासामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले सफ्वेयरको सेवा सुरुआत गरे । मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने बिरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मद्दत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
‘डायलसिस गर्ने विरामीको वास्तविक तथ्यांक प्राप्त गर्न सफ्टवेयर सहायक सिद्ध हुनेमा विश्वस्त छुु । डाटा अनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरको माध्यमबाट मद्दत पुुग्नेछ’, उनले भने ।
प्रदेशको डायलसिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोदविन्दु शर्माले प्रदेश सरकारले निशुल्क रुपमा डायलसिस सेवा प्रदान गर्दै आएको बताए । वर्षमा ८० देखि ८५ करोड रकम डायलसिस सेवा प्रवाहमा प्रदेश सरकारले लगानी गरेको छ ।
उनले अब प्रदेश सरकारले निशुल्क मृगौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोच्नुपर्ने उनले औंल्याए । तथ्याङ्क अनुसार प्रदेशका ४१ अस्पतालको १७ युनिटबाट डायलसिस सेवा प्रवाह गरिएको छ । प्रदेशमा ७ सय ७३ जनाले डायलसिस सेवा लिइरहेका छन् ।
तपाईको प्रतिक्रिया