गण्डकी बोर्डिङ स्कुलका विद्यार्थीले गरे पोखरा महानगर र गण्डकी प्रदेशसभाको भ्रमण
समाधान संवाददाता
२०८१ साउन २४ गते १६:०७
पोखरा ।
गण्डकी बोर्डिङ स्कुलका विद्यार्थीले पोखरा महानगरपालिका र गण्डकी प्रदेशसभाको भ्रमण गरेका छन् ।
कक्षा ८ को सामाजिक विभागअन्तर्गत पर्ने स्थानीय विषयको पाठ्यक्रम सिकाउने उद्देश्यले बुधबार भ्रमण गरेका हुन् ।
महानगरले नगरवासीलाई दिने सेवा, दैनिक कार्यहरू र कार्यक्षेत्रका बारेमा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले विद्यार्थीहरूलाई जानकारी गराए दिए ।
प्रदेशसभा कार्यालयका मुख्य सचिव हरिराज पोख्रेल, अधिकृत चन्द्रकला बस्नेत लगायतले विद्यार्थीलाई प्रदेशसभामा न्यानो आतिथ्यताका स्वागत गर्दै प्रदेशसभाको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा पावर पोइन्टको माध्यमबाट जानकारी गराए ।
विद्यालयले महानगरपालिका र प्रदेशसभालाई धन्यवाद व्यक्त गरेको छ । विद्यालयका सामाजिक शिक्षक सन्तबहादुर विश्वकर्मा, मानबहादुर थापा र केशरराज पंगेनीले सहजीकरण गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया