जंगलको सिस्नो र बाँको बजारमा

गलकोट ।
उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जंगलमा पाइने बाँकोलाई ब्रान्डिङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका् ३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।
जंगलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ ।
एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रकु र सिस्नोको पाउडर बनाउँदै आएको उक्त संस्थाले गाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिइन् ।
‘गाउँ तथा जंगलमा खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा पुर्याउने हाम्रो लक्ष्य थियो, अहिले सानो परिमाणमा बजार पठाइरहेका छौँ, यहाँको आलुसमेत निकै स्वादिष्ट छ, आलुलाई चिप्स बनाएर बजार पठाउँदा यहाँका महिलाको आय आर्जन सघाउ पुग्नेछ,’ छन्त्यालले भनिन्, ‘अर्गानिक उत्पादनको बजारीकरणमा जैमिनी नगरपालिकासमेतले सघाएको छ, यस पटक आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्न ७ लाखको उपकरण प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ ।’
खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा स्वदेशी बजारमा पुर्याउन थालिएको छ
एक वर्षभित्र बाँकोको गुन्द्रुक र सिस्नोको धुलो दुई लाखको बिक्री भएको छन्त्यालले जानकारी दिइन् । अहिले आलु चिप्सलाई मुख्य उत्पादनका रूपमा विकास गर्न आधुनिक उपकरणले सहयोग पु¥याउने छन्त्यालको भनाइ छ । विसं २०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्षयता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर बिक्री गर्न थालेको हो ।
जैमिनी नगरपालिकाले आलु काट्ने, आलु सुकाउने र मकै भुट्ने उपकरणसमेत सहयोग गरेको छ । विसं २०७१ मा १० लाख सेयर पुँजीबाट सुरु भएको सहकारीको अहिले वार्षिक कारोबार २ करोड ५० लाख नाघेको छ । अहिले बाँको र सिस्नो संकलन, आलु खरिद तथा ब्रान्डीङका लागि २१ महिला सक्रिय रहेका छन् ।
महिला सदस्यलाई मात्रै सहकारीमा आबद्ध गराएको सहकारीले नियमित २१ जनालाई रोजगारी दिएको छ । ‘हेफर इन्टरनेशनल’लेसमेत सहकारी स्थापनाका बेला बाख्राका पाठा वितरण गरी सहयोग गरेको थियो ।
अहिले उत्पादन भइरहेको आलु चिप्स, सिस्नोको धुलो र बाँकोको गुन्द्रुक बागलुङ बजारसहित पोखरासम्म पुग्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । नगरपालिकाले महिला उद्यमशीलताका लागि हालसम्म १० लाखभन्दा बढीको आर्थिक सहायता प्रदान गरिसकेको उनले जानकारी दिए ।
‘किसानले आलुमात्रै बिक्री गरेर भएन, जैमिनीको सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रूपमा रहेको दमेकको आलुलाई चिप्स बनाउँदा टिकाउ हुने र बजारीकरणसमेत गर्न सहज हुने भएकाले उद्यमशीलताको कार्यक्रमलाई त्यही सहकारीसँग जोडिएको छ’, उपप्रमुख शर्माले भने, ‘औषधीय गुणसमेत भएको बाँकोको गुन्द्रुक र सिस्नोको धुलो विदेशसमेत पुर्याउन सकिने सम्भावना छ ।’ रासस









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया