छैरोका विद्यार्थीलाई प्रहरीको साथ

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरो स्कुलमा मुस्ताङ प्रहरीले शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको स्थापना दिवसको अवसरमा मुस्ताङ सदरमुकाम जोमसोमदेखि भौगोलिक रुपले टाढा रहेको छैरो आधारभूत स्कुलमै पुगेर मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले शैक्षिक सामग्री वितरण गरेको हो ।
नेविरा होलिडे ट्राभल र मार्फा होम्स मार्फाको सौजन्यमा उपलब्ध शैक्षिक सामग्री लिएर स्कुलमा पुगेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय, प्रहरी निरीक्षक राजन थापासहितको प्रहरी टोलीले घरपझोङ १ का वडाध्यक्ष आशबहादुर थकाली, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर रसाइली, विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थितिमा स्टेसरी प्रदान गरेको हो ।
प्रहरीले छैरो स्कुलमा कक्षा (१—५) मा पढ्ने ५७ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाइलीले जानकारी दिए । प्रहरीले गरेको सहयोगले बालबालिकालाई खुसी र आफूहरुलाई उत्साहित गरेको उनको भनाइ छ ।
प्रहरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा मात्र सीमित हुन्छ भन्ने सोंच जनमानसमा रहेको उल्लेख गर्दै मुस्ताङका प्रहरी नायब उपरीक्षक पाण्डेयले सामाजिक उत्तरदायित्व, विपद्मा उद्दार तथा राहत कार्यमा समेत सक्रिय रहने गरेको बताए ।
‘हामीले कठिन परिस्थितिका बालबालिका पढ्ने सबैभन्दा ओझेलमा परेको छैरो स्कुललाई शैक्षिक सामग्री वितरण गर्ने निधो गर्यौं,’ पाण्डेयले भने, ‘प्रहरीको सहयोग सानो हुन सक्छ तर यसले यहाँका बालबालिकाको शैक्षिक मनोबल र उनीहरुलाई उत्साह प्रदान गर्न मद्दत मिलेको छ ।’
कार्यक्रममा घरपझोङ १ वडाध्यक्ष आशबहादुर थकाली, नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली लगायतले बोलेका थिए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया