नगर विकास कोषमा मञ्जु मनोनित
पोखरा ।
सकारले नगर विकास कोष सञ्चालक समितिको रिक्त कार्यकारी निर्देशकको जिम्मेवारी वरिष्ठ कर्मचारीलाई दिइएको छ । समितिको रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा ३ महिनाका लागि काम गर्ने गरी कोषका वरिष्ठ कर्मचारी (प्राविधिक) राजेशकुमार भोछिभोयालाई तोक्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले निर्देशकसहित सदस्य मनोनित गरेको हो । बैठकले नगर विकास कोष सञ्चालक समिति सदस्य पदमा ७ वटै प्रदेशबाट ७ जनालाई मनोनित गरेको छ । बैठकले नगर विकास कोष सञ्चालक समिति सदस्य पदमा गण्डकी प्रदेशबाट पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवीलाई मनोनित गरेको हो ।
कोशी प्रदेशबाट रंगेली नगरापालिकाका प्रमुख दिलीपकुमार अग्रवाल, मधेस प्रदेशबाट बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, बागमती प्रदेशबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, कर्णाली प्रदेशबाट पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी र सुदूरपश्चिम प्रदेशबाट लम्कीचुहाँ नगरपालिकाका प्रमुख सुशीला शाहीलाई मनोनित गरेको छ ।








कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
पोखरा महानगर कार्यालय वाणिज्य बैंकको भवनमा
डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया