उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा रत्नबहादुर बागचन्द नियुक्त

पोखरा । लामो समयदेखि रिक्त रहेको उच्च अदालत पोखराको मुख्य न्यायाधीश पदमा डा रत्नबहादुर बागचन्द नियुक्त भएका छन् ।
उच्च अदालत जनकपुर, अस्थायी इजलाश वीरगन्जमा कार्यरत वागचन्दलाई न्याय परिषद्ले पोखराको मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । डिल्लीराज आचार्यले लामो समय पोखरामा कामु मुख्य न्यायाधीश पदमा रहे । सर्वाेच्चको न्यायाधीशमा नियुक्त हुने आश गरेर बसेका उनी उमेर हदका कारण कामु मुख्य न्यायाधीशबाट अवकाश भएका थिए ।
त्यसपछि राजनराज भट्टराईले कामु भएर चलाएका थिए । भट्टराईको उच्च अदालत जनकपुर, अस्थायी इजलाश वीरगन्जमा सरुवा भएको छ ।
न्याय परिषदले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३५ जनालाई जिल्ला न्यायाधीश पदमा सिफारिस गरेको छ । परिषदको आजको बैठकले उच्च अदालत पोखरामा मुख्य न्यायाधीश नियुक्तसहित उच्च र जिल्ला अदालतका न्यायाधीश सरुवासँगै जिल्ला अदालतमा न्यायाधीश नियुक्त गरेको हो ।
सरकार परिवर्तसँगै लामो समयदेखि जिल्ला न्यायाधीश नियुक्ति रोकिएको थियो । सर्वोच्चमा पनि ४ न्यायाधीश पद रिक्त छ ।
बढुवा र सरुवाको सूची









महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया