पहिरोमा परिवारका ६ सदस्य गुमाएका परियारलाई ८ लाख सहयोग

कास्की । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गत असार २७ गते रातिको पहिरोमा परिवारका छ जना सदस्य गुमाएका पवन परियारलाई रु आठ लाख दुई हजार दुई सय सहयोग प्रदान गरिएको छ ।
हाल अमेरिकामा बस्ने पुरुनचौर स्थायी घर भएकाहरूको पहलमा अमेरिकामा सङ्कलित रकम शुक्रशखर राहत तथा आवास निर्माणका लागि सहयोग गरिएको हो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला प्रशासन तथा अमेरिकामा रहेका नेपालीहरूका प्रतिनिधि सहितको उपस्थितिमा पीडित परियारलाई हस्तान्तरण गरिएको हो ।
पहिरामा परिवारका सबै सदस्य गुमाएका पवनलाई यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले रु सात लाख राहत प्रदान गरेको थियो । पोखरा महानगरले परियारको पठनपाठनको जिम्मेवारी बहन गर्ने जनाएको छ ।
पहिरामा परेर घर पुरिँदा पवनले बुबा कुलबहादुर, आमा मनकुमारी, हजुरआमा लक्षिमा, दिदी प्रभा, भिनाजु अस्मित र बहिनी प्रशनालाई गुमाएका थिए । पहिराले पवनको घर पूर्ण क्षति भएको छ । रासस








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया