कचहरीमा विपद व्यवस्थापनका सवाल: बेलैमा ख्याल नगर्दा अकल्पनीय क्षति

समाधान संवाददाता २०८१ साउन २६ गते २०:०७


पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले गण्डकी प्रदेशमा विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका सवालमा शनिबार पोखरामा कचहरी गरेको छ । केन्द्रले मासिकरुपमा समसामयिक विषयमा कचहरी चलाउँदै आएको छ । कार्यक्रममा खानी तथा भूगर्भ विभागका पूर्व महानिर्देशक डा. सोमनाथ सापकोटाले कार्यपत्र प्रस्तुत गरे ।

Advertisement

बाढीपहिरोजस्ता विपदलाई रोक्न नसकिने भएर पनि बेलैमा सचेत हुने हो भने क्षतिबाट जोगिन सकिने उनको भनाइ थियो । बर्खायामको ४ महिना नेपालमा बाढीपहिरोको उच्च जोखिम रहन्छ । झण्डै ६ हजारभन्दा बढी खोलानाला भएको हाम्रो मुलकमा पहाडमा बाढी पहिरो जाँदा तराईमा डुबानको समस्या हुन्छ ।

कजोर चट्टानबाट बनेको पहाड र त्यसको छेउछाउमा बसेका बस्ती पहिरोको उच्च जोखिममा छन् । यसैगरी खोला किनार, भिरालो र कमजोर जमिनमा बस्ती विकास गर्ने र बिना अध्ययन मोटरबाटो बिस्तारले पछिल्लो समयमा पहिरोको घटना बढेको उनको भनाइ थियो । हालै चितवनको सिमलतालमा भएको घटनादेखि पोहोर मेलाम्चीमा बाढी जानुमा अनियन्त्रित ?पमा खनिएको बाटोकै कारण थियो । यसैगरी बाटो खन्दा र अन्य विकासे काम गर्दा उत्पादित ढुंगामाटोको व्यवस्थापन उचित समयमा गर्न नसक्दा अनुमान नै गर्न नसकिने खालका घटना हुन थालेको उनको भनाइ थियो ।

Advertisement

नेपालको कानुनले विपद व्यवस्थापनमा स्थानीय तहलाई बढी अधिकार दिएको छ । तर अहिले देखिएका विपदका घटना स्थानीय तहको क्षमताभन्दा बाहिरका छन् । विपद हुनै नदिन र भइसकेपछि उद्दार, राहत र व्यवस्थापनमा ३ तहका सरकारबीच उचित समन्वय हुन नसकेको दृष्टान्त उनले दिए । बर्खा लाग्छ, पहिरो जान्छ भन्ने थाहा पाउँदा पाउँदै पनि जिम्मेवारीबाट पन्छिने प्रवृत्तिका कारण क्षति बढी हुने गरेको पाइएको उनको भनाइ थियो । सुरक्षित स्थानको खोजी गरी बस्ती स्थानान्तरण गर्नेदेखि विपद व्यवस्थापनका बारेमा विद्यालयस्तरको पाठ्यक्रम नै बनाउन उनले सुझाव दिएका छन् ।

बर्खा लाग्छ, पहिरो जान्छ भन्ने थाहा पाउँदा पाउँदै पनि जिम्मेवारीबाट पन्छिने प्रवृत्तिका कारण क्षति बढी हुने गरेको

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस भूगोल विभागका उपप्राध्यापक खगेन्द्र पौडेलले सेती नदी कोरिडोरको खतरा स्थानमा १ हजार २ सय ५० घरटहरा रहेको र त्यहाँ बस्ने करिब ४ हजार ५ सय जना उच्च जोखिममा रहेको तथ्यांक प्रस्तुत गरे । पोखराको बस्ती विकास कमजोर संरचनामा भएकाले महानगरले यसतर्फ विशेष चासो देखाउनुपर्ने उनको भनाइ थियो ।
पृना क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइरालाले वडास्तरबाटै सचेतना र व्यवस्थापनका बारेमा पहल थाल्न सुझाव दिए । वातावरणविद् डा अनिल सुवेदीले बाढी पहिरो नेपालका लागि वार्षिक कार्यक्रमजस्तै भएको भन्दै यसतर्फ बेलैमा सचेत हुनुपर्ने बताए । नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकी अध्यक्ष बिजेन्द्र केसीले जिम्मेवार निकायले संवेदनशील भएका काम नगरेकै कारण बढी क्षति हुने गरेको तर्क राखे ।

नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका विपद व्यवस्थापन फोकल पर्सन प्रमुख सेनानी विक्रमदेव गिरीले सुरक्षाकर्मीले विपद पूर्वभन्दा पनि विपद भइसकेपछि खोज, उद्दार, राहत र व्यवस्थापनमा खटिने गरेको बताए । पृतना र मातहतका कार्यालयमा विपद व्यवस्थापनका लागि अलग्गै सेल हुने भए पनि परेका बखत सबैजना खटिने गरेको उनको भनाइ थियो । सम्भावित क्षतिको आँकलन बारेमा धेरै निकायसँग फरक फरक तथ्यांक हुने गरेको भन्दै अझै पनि विपदपछिका कामका लागि समन्वयको अभाव महसुस हुने गरेको प्रमुख सेनानी गिरीले बताए ।

पोखरा महानगरपालिका विपद व्यवस्थापन फोकल पर्सन सुरेन्द्र शर्माले आफ्नो बुता अनुसार महानगरले विपदपूर्व र विपद भइसकेपछि गर्नुपर्ने सबै कार्यह? गर्दै आएको भनाइ राखे । पोखरा महानगर भित्रै यो वर्ष बाढी पहिरोका कारण धेरैले ज्यान गुमाएको उनले बताए । ज्यान गुमाउने मध्ये धेरैजना पर्ती र कमजोर जग्गामा घर बनाएर बसेकाह? रहेको भन्दै थोरै मात्र सचेतना अपनाउने हो भने धेरै जनाको ज्यान जोगाउन सकिने अनुभव उनले सुनाए । महानगरले सक्दो काम गरे पनि कतिपय अवस्गामा कमजोरी पनि भएको हुनसक्ने भन्दै आगामी दिनमा कमजोरी सच्याउँदै जाने प्रतिबद्धता उनले जनाए । सहरी क्षेत्रमा घरवारविहीनलाई पुनस्र्थापनाका लागि निकै ठूलो चुनौती रहेको भन्दै उनले यसका लागि केन्द्रैदेखि नीति प्रष्ट हुनेपर्ने बताए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराजजंग कार्कीले यो बर्खामा मात्रै गण्डकीमा बाढी पहिरोमा ५५ जनाले ज्यान गुमाएको र ३( जना घाइते भएको तथ्यांक पेस गरे । ५० घर पूर्ण?पमा क्षति भएकामा प्रदेशभर २ सय ४४ घर उच्च जोखिममा रहेको कार्कीले बताए । प्रदेश मातहतका सबै युनिटहरुमा विपद व्यवस्थापनका लागि तालिमप्राप्त जनशक्ति तैनाथ रहेको पनि उनले सुनाए । सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीमा डिएसपी मोहनजंग कार्कीले बाहिनी, गण र गुल्मह?मा गोताखोरसहित तालिमप्राप्त जनशक्ति २४ सै घन्टा तैनाथ रहेको जानकारी गराए ।

कार्यक्रममा विपद व्यवस्थापन सञ्जालका संयोजक हरिबन्धु अर्यालले विपद अगाडिको तयारी नगरेकै कारण समस्या निम्तिने गरेको अनुभव सुनाए । उनले भने,‘उद्दार र राहतको तयारी गरेर बसिन्छ, समुदायलाई नै सजग गराउनुपर्नेमा हामीले त्यसो गर्न सकिरहेका छैनौं ।’ कामका लागि नेपालमा ऐन, नियमको खाँचो नभएको तर समन्वय र इच्छाशक्तिमात्र नपुगेको उनको भनाइ थियो ।

लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले परम्परागत सामाजिक मूल्य मान्यता कमजोर हुँदै गएको अहिलेको अवस्थामा समाजलाई नै सक्रिय बनाएर विपद रोक्न र क्षति कम गर्न सकिने भनाइ राखे । उक्त अवसरमा सिविनका शंकर नेपाली, पृना क्याम्पसका विद्यार्थी लक्ष्मण शर्मा, उपप्राध्यापक डा. रामचन्द्र बराल, उपेन्द्र पौडेल, नेपाल स्काउटका विजय पौडेलले जिज्ञाशा र सुझाव राखेका थिए ।

केन्द्रका अध्यक्ष डा. ठानबहादुर क्षत्रीको सभापतित्वमा भएको कार्यक्रम संयोजन उपेन्द्रप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा वक्ताका लागि ५ र जिज्ञासा र भनाइ राख्नेका लागि २/२ मिनेट प्रदान गरिएको थियो । समयको महत्वलाई ख्याल गरेर यस्तो नियम बनाएको र सबैभन्दा पहिला कार्यक्रममा आउने व्यक्तिलाई प्रमुख अतिथि बनाउने नियम केन्द्रको रहेको संयोजक पौडेलको भनाइ थियो । पृथ्वीनारायण क्याम्पस भूगोल विभागका उपप्राध्यापक लक्ष्मण अधिकारी कार्यक्रमको प्रमुख अतिथि बने । उनले भनाइसहित कार्यक्रमको समापन गरे ।

पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहत समाज विज्ञान केन्द्र सञ्चालित छ । कलेजले आम्दानीको केही हिस्सा अनुसन्धानमा खर्चिंदै आएको छ । समाज विज्ञान केन्द्रका संरक्षक प्राडा विश्वकल्याण पराजुलीले केन्द्रले १० वर्षदेखि समसायिक विषयमा नियमित ?पमा छलफल गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया