फूलबारी क्लबको ३३ औं वार्षिक साधारणसभा

पोखरा । पोखराको फूलबारीमा रहेको फूलबारी क्लबको ३३ औं वार्षिक साधारणसभा शनिबार भएको छ । वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले साधारणसभाको उदघाटन गरे । उनले क्लबले गरेका सामाजिक कार्यक्रले वडालाई थप सहज भएको भन्दै आगामी दिनम अझै मिलेर काम गर्ने प्रसतबछता जनाए ।
क्लबका संस्थापक अध्यक्ष एवं कांग्रेस नेता माधवप्रसाद बास्तोला मधुले क्लब स्थापनाका लागि गरेको मेहनतका बारेमा सुनाए । लागुऔषध नियन्त्रण सम्बन्धमा क्लबले कार्ययोजना बनाई वडाभर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने औंल्याए ।
क्लबका पूर्व अध्यक्ष हरिप्रसाद बास्तोलाले युवा पुस्तालाई सामाजिक कार्यमा सरिक बनाउँदै उत्तरदायीपूर्ण बनाउनु पर्ने बताए ।
क्लबका पूर्व अध्यक्ष टुवराज बास्तोलाले क्लबका गतिविधि प्रशंसायोग्य रहेको बताए । उनले सामाजिक क्रियाकलापलाई निरन्तरता दिई प्रदेशकै अग्रणी क्लब बनाउन क्लब नेतृत्वको ध्यानाकर्षण गराए ।
जनप्रतिनिधि रनसुवा गुरुङले वडामा लागुऔषधका घटनामा वृद्धि भइरहेको स्पष्ट पार्दै नियन्त्रणका लागि सामूहिक पहल गर्नुपर्ने बताइन् ।
क्लब अध्यक्ष मनोज बास्तोलाले मन, वचन र कर्मले सेवा गरौं भन्ने नाराका साथ क्लबका गतिविधि अगाडि बढिरहेको चर्चा गर्दै क्लबलाई जिल्लाकै अग्रणी संस्था बनाउन प्रयास भइरहेको जनाए ।
क्लब सचिव युवराज बास्तोला ‘गान्धी’ले फूलबारी पार्क तथा फूलबारी संस्कार सदन व्यवस्थित बनाउन विभिन्न प्रयास गरिएको बताए ।
मणिपाल गेटदेखि दूरसञ्चारचोकसम्म सरसफाइ, पार्कमा बत्ती जडान तथा मर्मत, देउसी भैलो, ज्येष्ठ नागरिक मिलन केन्द्रमा टेलिभिजन खरिद तथा नेट जडान, रक्तदान, बृद्धबृद्धा सम्मान, रिठ्ठाघाट व्यवस्थापन, रग्वी खेल प्रशिक्षण लगायतलाई १ वर्षको उपलब्धिका रुपमा प्रस्तुत गरे ।
कोषाध्यक्ष सावित्रीकुमारी पौडेल घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्लबलाई चुस्तदुरुस्त बनाउने तथा पारदर्शी राख्ने कार्य भइरहेको बताइन् ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया