नागरिकताभन्दा पासपोर्ट लिने धेरै

वालिङ ।
स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या ५ हजारभन्दा बढी छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आव २०८०/८१ मा स्याङ्जाबाट ९ हजार ४ सय ८७ जनाले नागरिकता लिएका थिए । सोही अवधिमा १४ हजार ८ सय २२ जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट १५ हजार १ सय ९३ राहदानी सिफारिस गरिएको थियो ।
सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो । गत आवमा राहदानी बनाएकामध्ये ३ सय ७१ राहदानी वितरण गर्न बाँकी नै छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आव २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता ४ हजार ९ सय ४ वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए ।
सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट ४ हजार ५ सय ८३ नागरिकता वितरण भएका थिए । दुवै कार्यालयबाट गत आवमा ९ हजार ४ सय ८७ नागरिकता वितरण भएका थिए ।
स्याङ्जाबाट वैवाहिक अंगीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए । स्याङ्जाबाट १९ र वालिङबाट ५ वैवाहिक अंगीकृत नागरिकता वितरण भएका थिए । कूल १४ हजार ८ सय २२ राहदानीमध्ये स्याङ्जाबाट ७ हजार ४ सय ४३ र वालिङबाट ७ हजार ३ सय ७९ वितरण भएका थिए ।
‘जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्’, उनले भने, ‘अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको संख्या धेरै देखिएको हो ।’









पोखरा महानगर कार्यालय वाणिज्य बैंकको भवनमा
डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया