अमेरिकाको एक अनुभव

विष्णु एकता २०८१ साउन २८ गते १२:३५

अमेरिकामा डिजिटल सेवाहरूले यातायात क्षेत्रको परिदृश्यमा ठुलो परिवर्तन ल्याएका छन् । अमेरिकामा उबरको आगमनसँगै, नयाँ प्रविधिहरूले जनजीवनमा क्रान्ति ल्यायो । यो प्रविधिले रोजगारीका अवसरहरू सिर्जना गर्यो, विशेषगरी विद्यार्थीहरूका लागि र यसले सर्वसाधारणदेखि उच्च प्रोफाइलका व्यक्तिहरूसम्मका सबैलाई सुविधाजनक र पहुँचयोग्य यातायात सेवा प्रदान गर्यो । यस प्रविधिले सुविधासँगै परिपक्का ट्याक्सी सेवाहरूको कामकाजी मोडेललाई चुनौती दियो र नयाँ गतिशीलता समाधानहरूको बाटो खोल्नु पर्ने चुनौती पनि देखियो ।

Advertisement


उबरको स्वतन्त्र काम गर्ने सुविधाको फाइदा उठाउँदै मैले पनि उबर चलाउन थालेँ । भर्खर यो प्रविधि आउँदा सानफ्रान्सिस्को जस्तो व्यस्त शहरमा महिला उवर ड्राइभर विरलै थियो । त्यसैले महिला ड्राइभर देख्दा जो कोही अचम्म मान्थे र ग्राहकहरूले खुबै प्रशंसा गर्थे । यद्यपि उबरको रेटिङ प्रणालीले ड्राइभरहरूको लागि चुनौतीहरू उत्पन्न ग¥यो, मेरो पूर्व ट्याक्सी अनुभव र महिला प्रतिको सहानुभूतिको कारणले मैले यो कामलाई निरन्तरता दिँदै थिएँ ।


कुरा सन् २०१४ तिरको हो । बिहान म कस्टमरहरु लिएर जाँदै थिएँ, प्रहरी अफिसरले मलाई ओभर स्पीडको आरोपमा रोकेर लाइसेन्स माग्यो । मैले ओभर स्पीड नगरेको दाबी गरे पनि प्रहरी अफिसरले लाइसेन्सको रेकर्ड राखेर मेरो हातमा टिकट थम्याई दियो र निर्दोष प्रमाणित गर्न अदालतमा जान सक्ने तरिकाहरू पनि बतायो ।


म आफूलाई निर्दोष भएकोमा ढुक्क थिए, किनकी उवरमा पुलिसको भन्दा डर कष्टमरको राख्नु पर्ने हुन्थ्यो । मैले कष्टमरहरुलाई पुग्न गएको असुविधाप्रति माफी मागे । केही कस्टमरले मलाई आत्मविश्वास दिँदै अदालतमा साक्षी चाहिएमा भनेर सम्पर्क नम्बर दिए । म आफूलाई निर्दोष साबित गर्न अदालतमा जाने निर्णय गरेँ ।

यस घटना पश्चात अमेरिकामा जीवन बिताउन न्यायको पक्षमा लड्न भाषा र आत्मविश्वासको महत्वलाई प्राथमिकता दिनुपर्छ भन्ने मैले महसुस गरेँ ।

Advertisement


अमेरिकामा धेरैजसो ट्याक्सी र उबर ड्राइभरहरू समय बचत गर्न अदालतमा वकिलको सहयोग लिने गर्दथे । वकिलको शुल्क महँगो पनि थिएन । तर, म भने अमेरिकाको न्याय प्रणाली अनुभव गर्न चाहन्थें, त्यसैले प्राय जसो टिकटको विरोधमा आफूलाई निर्दोष साबित गर्न म आफैं अदालतमा जान्थे, र यस पटक पनि म आफैं गएँ ।


तीन चरणको कानुनी प्रक्रिया पार गरेपछि अन्तिम सुनुवाइको दिन आयो । म पूर्ण तयारीका साथ पुगेँ । पुलिस अफिसरले आरोप प्रमाणित गर्न सकेनन् र केस खारेज गर्न अनुरोध गरेपछि न्यायाधीशले मेरो केस खारेज गरिदिए ।


यो त्यत्ति ठूलो कुरा अवश्य होइन तर यस घटनाले मेरो मन छोएको थियो । मलाई पुलिस अफिसरले मेरो आप्रवासी पहिचानका कारण पूर्वाग्रही व्यवहार गरेको मलाई महसुस भएको थियो । पुलिस अफिसरले टिकट दिएपछि दोषी प्रमाणित गर्न प्रमाण सहित अदालतमा उपस्थित हुनुपर्छ ।

अमेरिकामा यो एक न्यायिक पक्ष पनि हो । यस घटनाले अमेरिकामा जीवन बिताउन न्यायको पक्षमा लड्न भाषा र आत्मविश्वासको महत्वलाई प्राथमिकता दिनुपर्छ भन्ने मैले महसुस गरेँ । र, मैले अंग्रेजीमा बढी ध्यान दिन थालेँ । साथै यो अनुभवले मलाई जीवनमा न्यायको पक्षमा दृढ रहन सधैं प्रेरित गरेको छ ।

तपाईको प्रतिक्रिया