मनसुन फ्री सर्भिस क्याम्प आजदेखि

समाधान संवाददाता २०८१ साउन २८ गते १५:१७

पोखरा ।
नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंस्को अटोमोबाइल डिभिजन सिजी मोटोकर्पको मनसुन फ्रिी सर्भिस क्याम्प आइतबारबाट सुरु भएको छ । मंगलबारसम्म चल्ने क्याम्प किप योर आर इन टप सेप एन्ड लेट द मनसुन बि एन एड्भेन्चर भन्ने नाराका साथ आयोजना गरिएको हो ।

Advertisement


लगातारको वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्या आउने कम्पनीले जनाएको छ । सुजुकीका ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुन लागेको पनि कम्पनीले जनाएको छ ।


सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनका साथै ७ ग्राहकले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्ने छन् । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी÷हिटर चेक, ब्याट्री चेक र ओभरअल चेक अपको सुविधा पाउने छन् ।

Advertisement


एसडिटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट र लेवर चार्जमा २०% छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्म छुट दिइनेछ । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

Advertisement

तपाईको प्रतिक्रिया