पोखरा २० को सार्वजनिक सुनुवाइ

पोखरा ।
सुशासन, पारदर्शिता र जवाफदेहीताका लागि पोखरा २० भलाम–मौजाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गत आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस चालु आर्थिक वर्ष २०८१।०८२ को योजना तथा कार्यक्रमको वडा नं. २० ले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष गंगा बहादुर खत्रीले वडाको विकासको लागि आफ्नो र वडाको तर्फबाट विकास निर्माणका काममा सधैं लागिरहने बताउनुभयो । कार्यक्रममा उपस्थित वडाबासीले चालु आर्थिक वर्षमा सडक, बत्ती, सुरक्षा, स्वास्थ्य, शिक्षा, सार्वजनिक जग्गा सुरक्षा लगायत विविध विषयमा जिज्ञासा राखेका थिए । नागरिकबाट प्रस्तुत जिज्ञासाका बारेमा स्पष्ट पार्दै वडाअध्यक्ष गंगा बहादुर खत्रीले समग्र वडाको विकासको लागि वडाबासीको पनि उत्तिकै हात हुने हुँदा हामीहरु मिलेर नै वडालाई समृद्ध वडा बनाउन सकिने हुँदा विकास निर्माणका कार्यमा सबैको सहयोगको लागि अपिल समेत गर्नुभयो ।
वडाअध्यक्ष खत्रीले वडा कार्यालय निर्माणका लागि टेण्डर प्रक्रिया सकेर पनि काम अगाडि बढिसकेको जानाकरी गराउनुभयो । आफ्नो टोलमा सरसफाई गर्न स्वयं टोलबासीको पनि जिम्मेवारी भएको बताउँदै खत्रीले यस आर्थिक वर्षमा वडाभित्र रहेका आमा समूह, टोल विकास संस्था, युवा क्लव लगायत सामाजिक संघसंस्थालाई अभिमुखीकरण गराएर मात्रै बजेट कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।
वडाको विकासको लागि जनप्रतिनिधि, कर्मचारी र वडाबासी सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउँदै सबैलाई एकजुट भएर लाग्न र विकासलाई राजनीतिसँग नजोड्न खत्रीले आग्रह गर्नुभयो । कार्यक्रममा वडासचिव हरिकृष्ण आचार्यले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरु वडाबाट सम्पादन भएका सेवा प्रवाह र विकास निर्मणको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आ.व.२०८०।०८१ मा वडा नं. २० मा वडास्तरीय बजेट १ करोड ५९ लाख १७ हजार, महानगरस्तरीय बजेट रु. २ करोड ५१ लाख र क्रमागत गत वर्षबाट सरेको रु. २ करोड ३ लाख ७२ हजार गरी कुल बजेट ६ करोड १३ लाख ८९ हजार भएको जानकारी दिनुभयो । जस अन्तर्गत महानगरको मात्रै ४ करोड ५४ लाख ७२ हजार रहेको छ । यस्तै वडाभित्र शिक्षातर्फ वडा अध्यक्षसँग बालबालिका कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम, छात्रवृत्ति प्रदान, वडा बाल सञ्जाल गठन लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
उक्त अवसरमा पर्यटन तथा संस्कृति संरक्षणका विभिन्न कार्यक्रमहरु, सामाजिक विकास तर्फका कार्यक्रमहरु, वडाको सेवालाई चुस्त दुरुस्त बनाउने एकद्वार प्रणाली मार्फत सेवा प्रवाह, नागरिक बडापत्र, गुनासो पेटिकाको व्यवस्था, जनप्रतिनिधि र कर्मचारीसहितको घरदैलो कार्यक्रमका विषयमा जानकारी दिइएको थियो । कार्यक्रमको सहजीकरण पब्लिक फोर के टेलिभजनले गरेको थियो भने संचालन सञ्चारकर्मी अमृत कुमार भट्टराईले गर्नुभएको थियो ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया