‘डुलुवा’ टाेली पुगे कन्याकुमारी

समाधान संवाददाता २०८१ साउन २९ गते ११:०९

पोखरा ।
पोखरा प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा प्रस्थान गरेको थियो ।

Advertisement


उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पूजा हिडेका थिए । विहार प्रदेश, पश्चिम बंगाल, भारखण्ड, उडिसा, तामिल नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगेको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुले अहिलेसम्म ४ हजार ५ सय किलोमिटरका यात्रा गरिसकेका छन् ।


केटुके (कास्कीदेखि कन्याकुमारी) यात्रा पूरा गरी केरला, गोवा, मुब्बइ, दिल्ली, जयपुर, गोरखपुर, सुनौली हुँदै टोली पोखरा फर्किनेछ । भ्रमणका क्रममा स्थानीय जीवनशैली, रीतिरिवाज हेर्दै, बुझ्दै र पर्यटन व्यवसायीसँग छलफलसमेत गरेको टोलीका संयोजक योगश भट्टराईले जानकारी दिए । उनले भ्रमणले पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवद्र्धधनमा टेवा पुगेको दाबी गरे ।

Advertisement


१९ सदस्यीय टोली ४ वटा गाडीमा छ । ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउनु हो । टोली भारतीय सहरहरुमा स्थानीय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्र्तक्रिया गर्दै गएको हो ।

नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवा लक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन २००८ मा यो स्थापना भएको हो । ‘डुलुवा’ले नेपालका ७० जिल्लाको भ्रमण गरिसकेको छ भने विदेशमा भारतको लेह लद्दाखसम्मको यात्रा गरिसेकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया