पोउवा संघको ३५ औं अधिवेशन

महासचिवमा शोभा र दिनेश भिड्दै

समाधान संवाददाता २०८१ साउन २९ गते १७:१३

पोखरा ।

Advertisement

शोभा गाैतम र दिनेशचन्द्र बास्तोला, पोखराका उद्योगी व्यवसायीका लागि नौलो नाम होइन् । पछिल्लो समय शोभा पोखरा उद्योग बाणिज्य संघको उपमहाचसिवका रुपमा परिचित छन् भने दिनेशले संघको कोषाध्यक्षको परिचय बनाएका छन् ।

पोखरा उद्योग बाणिज्य संघको ३४ औं अधिवेशनमा एउटै टिममा बसेर संगसंगै भोट माग्दै हिडेका दिनेश र शोभा यस पटक भने एक अर्काको प्रतिस्पर्धी बन्दैछन् ।

Advertisement

३४ औं अधिवेशनमा अध्यक्षका प्रत्यासी पवन प्रजापतीको टिमबाट निर्बाचन लडेका शोभा र दिनेश दुवै जनाले लोकप्रिय मतसहित उपमहासचिव र कोषाध्यक्षमा जित हात पारेका थिए । ३५ औं महाधिवेशनसम्म आइपुग्दा उनीहरुको टिममेट टुङ्गिने भएको छ ।

दुवै जनाले महासचिवको आकांक्षा राखेका छन् । महासचिव पदमा अडान राखेका दुवैले एकले अर्कालाई नछोड्ने भएपछि प्रतिस्पर्धी बन्ने निश्चत भएको हो । दिनेश अहिलेका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको टिमबाट महासचिव उमेद्वार बन्ने पक्का पक्की भैसकेको छ । उनले आफ्नो पक्षमा भोट माग्दै मतदाता भेटघाट गरिरहेका छन् ।

लामो समयदेखि कार्य समितिमा बसेर काम गरेको अनुभव र अग्रज तथा व्यवसायी साथीहरुको आग्रह अनुसार आफूले महासचिवमा उमेद्वारी दिने तयारी गरेको बास्तोलाले समाधानलाई बताए ।

कार्कीको टिमबाट महाचसिचवको उमेद्वार दिनेशलाई बनाइने भएपछि शोभाले अध्यक्षका अर्का आकांक्षी अर्जुन पोखरेलको टिमबाट महासचिवको उमेद्वारी दिने तयारी गरेकी छन् । ३४ औं अधिवेशनमा अध्यक्षमा पराजित पोखरेलले यस पटक पनि अध्यक्ष मै उमेद्वारी दिँदैछन् ।

संघको कार्यकारी सदस्य र उपमहासचिवमा लोकप्रिय मत ल्याएर विजयी भएकी शोभाले पोखरा उद्योग बाणिज्य संघको पहिलो महिला महासचिव बनेर इतिहास रच्ने बाटोमा आफू हिडेको समाधानलाई बताइन् ।

यही भदौ महिनाको २८ र २९ गते पोउवा संघको ३५ औं अधिवेशन हुँदैछ । २८ गते उद्घाटन हुने अधिवेशनले २९ हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी संघले कार्यतालिका घोषणा गरिसकेको छ ।

संघको नेतृत्वका लागि सर्बसम्मत गर्ने प्रयास कतैबाट पनि नभए पछि निर्वाचन हुने निश्चित भएको छ । अहिलेसम्म औपचारिक रुपमा कसैले उमेद्वारी घोषणा त गरेका छैनन् तर आकांक्षीले मतदाता भेट्ने र आफ्नो पक्षमा मत माग्ने काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया