सामाजिक सञ्जाल नियमनको खाँचो

पोखरा ।
बोल्नु र लेख्नु त अभिव्यक्ति हुँदै हो, त्यसमाथि पनि सामाजिक सञ्जालमा लाइक वा कमेन्ट गर्नु र कुनै सामग्री सेयर गर्नु पनि अभिव्यक्ति नै हो । डिग्निटी इनिसियटिभले आयोजना गरेको कार्यक्रममा यही कुरा बताउँदै थिए सन्तोष सिग्देल । उनले मंगलबार सामाजिक सञ्जाल नियमन सम्बन्धी प्रस्तावित ऐनमा केन्द्रित हुँदै पोखरामा भने, ‘वाद, प्रतिवाद र संवाद हुँदामात्रै लोकतन्त्र बलियो हुन्छ ।’
अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणा फैलाउनचाहिँ नपाइने सिग्देलले बताए । उनले सूचनाको खोजी, प्राप्ति र प्रवाह अभिव्यक्ति स्वतन्त्राकै आयाम भएको विचार पनि राखे । इनिसिएटिभले दलित र गैरदलित समुदायका प्रतिनिधिहरुका लागि सामाजिक सञ्जाल नियमनको विषय केन्द्रित संवाद आयोजना गरेको थियो । दलितका अधिकारका विषय अरुलाई पनि बुझाउन जरुरी भएको हुँदा गैरदलितलाई पनि समावेश गरी कार्यक्रम गरिएको अधिवक्ता विनीता नेपालीले बताइन् ।
गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले संघबाट धेरै कानुन बन्न बाँकी रहेको परिप्रेक्ष्यमा गण्डकीले सामाजिक सञ्जाल नियमनको कानुन बनाइनसकेको जानकारी दिइन् । उनले संघकै कारण प्रदेशका क्षेत्राधिकार पर्ने विषयमा पनि कानुन बनाउन नपाइएको सुनाइन् । उनले सामाजिक सञ्जालमा नियमनको खाँचो औंल्याइन् ।
प्रेस काउन्सिल सदस्य अधिवक्ता तथा पत्रकार दुर्गा भण्डारीले युटुब लगायत सामाजिक सञ्जालका सञ्चालकहरुलाई काउन्सिलले आचार संहिताको प्रशिक्षण गराउँदै आएको जानकारी गराइन् । नेपाल बार एसोसिएसन उच्च बार पोखराका अध्यक्ष विष्णु मरासिनीले सामाजिक सञ्जाल लगामबिनाको घोडा भइरहेको विचार राखे ।
नकारात्मक फैलाउने दिशामा सामाजिक सञ्जाल गइरहेको उनको टिप्पणी थियो । डिग्निटी इनिसियटिभका राजन सागरले संस्थाबाट पूर्णछात्रवृत्तिमा २४ जना दलित विद्यार्थीले बिएएलएलबी पढिरहेको जानकारी गराए ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया