पर्यटनमा हाइकिङको योगदानबारे चर्चा

समाधान संवाददाता २०८१ साउन ३० गते १३:२५

पोखरा ।
हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दीदेखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो ।

Advertisement


कार्यक्रममा पोखरा २३ का वडाध्यक्ष रामकाजी गुरुङले पर्यटन र स्वास्थ्यका लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठूलो योगदान गरेको बताए ।

२३ नम्बर वडामा हाइकिङ समूह आउँदा यहाँका बासिन्दामा हौसला बढ्ने, उत्पादित कृषि तथा पशुको खपत बढ्ने उनले जनाए ।

Advertisement


अध्यक्ष गुरुङले पोखरा २३ वडा सबैभन्दा ठूलो भौगोलिक क्षेत्र भएको, स्याङजा र पर्वत जिल्लाको सिमानासँग जोडिनुका साथै पञ्चासे क्षेत्रमा पर्ने भएकाले पयर्टकको रोजाइमा पर्दै गएको पनि बताए ।


सो अवसरमा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एव् भिटोफ गण्डकीका संस्थापक अध्यक्ष पर्यटन व्यवसायी तारानाथ पहारीले फाट्टफुट्ट हाइकिङ हुने गरको भएता निरन्तरको हाइकिङले अभियानको रुप लिएको बताए ।

Advertisement


सो अवसरमा ओम भण्डारी, शीतला थापा, ममता पराजुली, दिलकुमारी खाँण लगायतले हाइकिङमा सहभागी हुँदा एकापसमा परिचित हुनुका साथै ग्रामिण बस्ती, खेतीपाती, जडिबुटीको अध्ययन गर्न सकिने बताए ।

हाइकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्योति हमाल र सचिव मधु अधिकारीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया