मणिपाल अस्पताल– पाेखरा चेम्बर सम्झौता

पोखरा ।
नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र पोखरा चेम्बर अफ कमर्स कास्कीबिच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजनामा मंगलबार सहमति भएको छ ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजनामा दुबै पक्षबीच सहमति भएको पोखरा चेम्बरका अध्यक्ष उमराज बास्तोलाले जानकारी दिए । स्वास्थ्य परीक्षण गर्ने सहमतिपत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र संस्थाका अध्यक्ष बास्तोलाले हस्तास्क्षर गरेका छन् ।
सहमति अनुसार अस्पतालले चेम्बरले प्रमाणित गरी पठाएका व्यक्तिले स्वास्थ्य उपचारका १० देखि शत प्रतिशतसम्म सहुलियत पाउने छन् । सहमति अनुसार बिरामीले अस्पतालको दर्तामा शत प्रतिशत, सामान्य बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत सहुलियत पाउने व्यवस्था गरिएको छ ।
अस्पतालले प्रदान गर्ने न्युरो सर्जरी, अति विशिष्ट सेवाबाहेक अन्य शल्य चिकित्सा (अपरेसन)मा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । एक वर्षका लागि भएको सहमति अनुसार चिकित्सकको परामर्शमा कुनै शुल्क लाग्ने छैन ।
कार्यक्रममा अस्पतालका निर्देशक कृष्णमोहन श्रेष्ठ, पोखरा चेम्बर अफ कमर्स कास्की उपाध्यक्ष (उद्योग) नवराज आचार्य, महासचिव गोकर्ण अधिकारी, सचिवहरु सीमा कोइराला र सरिता सुवेदी र सह कोषाध्यक्ष बोधराज सुवेदीले स्वास्थ्य परीक्षण सहमतिका बारेका बोलेका थिए ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया