सिआइडी भनेर धम्क्याउने २ युवा पक्राउ

पोखरा । पोखराको बागलुङ बसपार्क आसपासमा आफूलाई सादा पोसाकका प्रहरी भनेर सर्वसाधारणलाई धम्क्याउने र रकम समेत असुल गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरको टोलीले पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटन बस्ने वर्ष ३२ को सन्दिप श्रेष्ठ र ऐ. वडा नं. ७ माछापुच्छ्रे टोल बस्ने वर्ष २६ का सरोज थापालाई पक्राउ गरेको हो ।
सर्वसाधारण नागरिकहरुलाई दुख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुल गर्ने तथा कानुनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको भन्ने सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरु माथि समेत अभद्र व्यवहार गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थय, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश (१०) दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया