पोखराका दोहोरी साँझ र रात्रिक्लबबाट ७ बालिकाको उद्दार
समाधान संवाददाता
२०८१ साउन ३० गते २१:३६

पोखरा । पोखराका २ दोहोरी साँझ र रात्रिक्लबबाट प्रहरीले ७ जना बालिकाको उद्दार गरेको छ ।
मंगलबार राति ९ बजेतिर जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगमन टोलीले ती बालिकालाई उद्दार गरिएको हो ।
पोखराका रात्रिकालीन व्यवसायहरुमा बलिकाहरुलाई काममा लगाएको पाइएकाले ७ जना बलिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्माले पोखरा ९ मा रहेको क्लब डी बाट ३ जना, चिप्लेढुङ्गा स्थित गाउँ सहर दोहोरी साँझबाट २ जना र साइनो दोहोरी साँझबाट २ जना बालिकाहरुको उद्दार गरिएको जानकारी दिए ।
सम्बन्धित









महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया