१७ सय हेक्टरले खुम्चियो रोपाइँ हुने खेत

गण्डकी ।
गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार ७ सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७ दसमलव ५० प्रतिशत रोपाइँ सकिएको छ ।
९३ हजार ६ सय ५१ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । म्याग्दी र लमजुङमा रोपाइँ सकिएको र बाँकी जिल्लामा अन्तिम चरणमा रहेको उनको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा धान खेती हुँदै आएको छ ।
निर्देशनालयका प्रमुख रेग्मीले धान बालीको क्षेत्रफल बर्सेनि घट्दै आएको सुनाए । प्रदेशको ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै १ लाख हेक्टरमा धान खेती हुने गरेको उनको भनाइ छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ ।
निर्देशनालयको तथ्यांक अनुसार नवलपुरमा १८ हजार ७ सय १६, कास्कीमा १६ हजार २ सय २०, लमजुङमा ११ हजार ८ सय ७५, गोरखामा १० हजार १ सय ४०, तनहुँमा ७ हजार ६ सय ७४ हेक्टरमा क्षेत्रफलमा यस वर्ष बर्खे धान लगाइएको छ । स्याङ्जामा १४ हजार ३ सय ९०, पवर्तमा ७ हजार ५ सय २५, बागलुङमा ५ हजार ७ सय ७ र म्याग्दीमा ३ हजार ८ सय ६ हेक्टर क्षेत्रफल धान खेतीले समेटेको छ ।
धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको निर्देशनालयले जनाएको छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।
पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।
अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घट ेपनि गत वर्ष धानको उत्पादकत्व भने बढेको निर्देशनालयका प्रमुख रेग्मीले दाबी गरे । २ वर्षअघि प्रतिहेक्टर ३ दशमलव ६ मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष बढेर प्रतिहेक्टर ३ दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको छ ।
समयमै वर्षात् र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बिउविजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको हो । प्रतिकूल मौसम, मल अभाव, कमसल बिउविजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको छ ।
धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको निर्देशनालयका प्रमुख रेग्मीले भनाइ छ । जग्गा बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उनले बताए ।
‘सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले थोरै क्षेत्रफलमा पनि धेरै धान फलाउन सक्छन्’, निर्देशनालयका प्रमुख रेग्मीले भने ।









पोखरा महानगर कार्यालय वाणिज्य बैंकको भवनमा
डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया