गण्डकी सरकारले गर्यो उपसचिवसहित ८७ कर्मचारीको सरुवा – सूचीसहित

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले नवाै र दसाै तहका उपसचिवसहित विभिन्न सेवा समूहका ८७ जनाको सरुवा गरेको छ । जगेडामा रहेका कर्मचारीलाई जिम्मेवारी दिनेदेखि अवधि पुगेकाको सरुवा, अवधि नपुगेकालाई कामकाज र नयाँलाई पदस्थापन गरेको हो ।
मुख्यमन्त्री कार्यालयले साउन महिनाभित्र सरुवा गरिसक्नु पर्ने नियम अनुसार अन्तिम दिनमा सरुवा सूची सार्जजिक गरिएको हो ।
यातायात व्यवस्था कार्यालय कास्की सवारीमा लामो समय काम गरेका उपसचिव डिल्लीराम रिजाललाई तानेर मुख्यमन्त्री कार्यालय राखिएकामा आर्थिक मामिला मन्त्रालय पठाइएको छ । यातायातमा नवलपुरबाट मीलनबहादुर केसीलाई काजमा तानिएको छ ।
मुना अधिकारीलाई प्रशिक्षण प्रतिष्ठानबाट सामाजिक विकास मन्त्रालयमा सरुवा गर्दा पर्यटन तथा उद्योग कार्यालय कास्कीबाट महराज ढकाललाई पर्यटन तथा उद्योग मन्त्रालय खटाइएको छ । ढकालको ठाउँमा मन्त्रालयबाट दिनेशप्रकाश आचार्य गएका छन् ।
आर्थिक मन्त्रालयका श्रीप्रसाद अधिकारी स्वास्थ्य निर्देशनालय गएका छन् । प्रभाकर घिमिरे पर्यटन तथा उद्योग कार्यालय नवलपुरबाट गण्डकी प्रशिक्षण प्रतिष्ठानमा काजमा तानिएका छन् ।
सरुवाको सूची









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया