पोखरामा डेंगुबाट मृत्यु
समाधान संवाददाता
२०८१ भदौ १ गते १३:०६

पोखरा ।
डेंगु संक्रमणबाट पोखरामा एकजनाको मृत्यु भएको छ । फिस्टेल अस्पतालमा ५२ वर्षकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । बिहीबार बिहान अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । योसँगै डेंगुका कारण यो वर्ष गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यसअघि तनहुँमा २ जनाको मृत्यु भएको थियो । प्रदेशमा तनहुँमा सबैभन्दा धेरै ८४८ जना डेंगु संक्रमित छन् । प्रदेशका ११ मध्ये मुस्ताङबाहेक १० जिल्लामा डेंगु सक्रमण देखिएको छ । ४ दिनमा मात्र प्रदेशका १० जिल्लामा सात सय १५ जनामा संक्रमण देखिएको छ । प्रदेशमा संक्रमितको संख्या २ हजार ८४ पुगेको छ । २८ साउनमा यो संख्या एक हजार ३६९ थियो । २९ गते एक हजार ७७२ र ३० गते एक हजार ९०८ रहेकामा ३१ गते दुई हजार ८४ पुगेको हो ।
सम्बन्धित








पोखरा महानगर कार्यालय वाणिज्य बैंकको भवनमा
डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया