गण्डकीमा न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान

पोखरा । गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको सूचनामा ७१ जना न्यायिक सहजकर्ता माग गरिएको उल्लेख छ ।
सूचनामा गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउन दरखास्त आह्वान गरिएको बताइएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र यस कार्यालयमा आवेदन दिन अनुरोध गरिएको छ।
कानुन विषयमा स्नातक तह उत्तीर्णहरुले यसमा आवेदन दिन सक्नेछन् । छनोट भएकाले शाखा अधिकृत सरहको तलब र सुविध पाउनेछन् ।
यस सम्बन्धी फाराम, कार्य विवरण, पारिश्रमिक, सेवाका सर्तहरू स्थानीय न्यायिक सहजकर्ता (छनौट तथा परिचालन) कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिम हुनेछ ।
स्थानीय तहमा न्यायिक समित रहने भए पनि त्यस अनुसारको जनशक्ति नभएपछि प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सहजकर्ता नियुक्त गर्न लागिएको हो ।
यसका लागि सरकारले कार्यविधि बनाइसकेको छ भने बजेट समेत विनियोजन गरेको छ ।
न्यायिक छनोटकर्ता छनोटका लागि पालिकाले अधिकार मागेका थिए । तर प्रदेशबाट छनोट गर्दा सहज हुने भएकाले प्रदेशले नै कार्यविधि बनाएर प्रक्रिया थालेको हो ।










इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया