अन्तर्राष्ट्रिय उडानको पहललाई पर्यटन परिषदको धन्यवाद

पोखरा ।
पोखरा पर्यटन परिषद्ले सरकारलाई धन्यवाद दिएको छन् । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल चलाउनेसम्बन्धी बनाएको कार्ययोजना मन्त्रिपरिषदले स्वीकृत गरेपछि पोखरेली पर्यटन व्यवसायीहरुका तर्फबाट परिषदले धन्यवाद दिएको हो । अन्तर्राष्ट्रिय उडान गर्न सरकारले पहल कदमी लिएको भन्दै पोखरेली पर्यटन व्यवसायीहरु उत्साहित भएका हुन् ।
‘विमानस्थल उद्घाटनपछि अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा पर्यटन व्यवसायीहरुमा नैराश्यता भइरहेको बेला अस्ति बसेको मन्त्रिपरिषद्को निर्णयमा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धमा विभिन्न करछुटसहित सहजीकरण गदिनुभएकामा खुसी छौं,’ पर्यटन व्यवसायीहरुले पत्रकार सम्मेलन गर्दै भने, ‘मन्त्रिपरिषद्ले गरेको निर्णयको स्वागत गर्दै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे तथा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धन्यवाद छ ।’
सरकारले कार्ययोजना स्वीकृतसँगै पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय पनि गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको छ ।
इन्धनमा सहुलियत दिने भएपछि पोखरमा अन्तर्राष्ट्रिय विमानस्थल आउने पर्यटन व्यवसायीको विश्वास छ । सरकारले विमानस्थललाई चलायमान बनाउन वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा पोखराबाट उपलब्ध गराउने निर्णयले पनि पर्यटन व्यवसायीहरु थप उत्साहित भएका हुन् ।
पोखराबाटै वैदेशिक रोजगारीका प्रक्रिया पूरा हुनेभएपछि नियमति उडान पनि हुने व्यवसायीहरुको विश्वास छ । वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूले स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको पहलमा पोखरा र भैरव विमानस्थलबाट काम सुरु हुने निर्णयले पर्यटन व्यवसायी सरकारको खुलेर प्रशंसा गरेका हुन् । मन्त्रीपरिषद्मा भएको यो निर्णय छिटो भन्दा छिटो कार्यान्वयनको लागि सरकारसँग माग समेत गरिएको छ ।
‘अन्तर्राष्ट्रिय उडान भर्न हरपल हरदम प्रयास गर्यौं’
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले आफ्नो कार्यकाभरी पोखरालाई पर्यटनको हब बनाउन केन्द्रित भएको बताएका छन् । उनले आफ्नो कार्यकालमा गरेका कामको सार्वजनिकसमेत गरेका छन् । पोखरामा पर्यटन भित्रयाउन आफूले हरपल हरदम प्रयास गरेको श्रेष्ठले सुनाए ।
परिषद्ले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न देशका राजदूतहरुलाई पोखरा बोलाएर विमानस्थलको बारेमा छलफल चलाएको श्रेष्ठले सुनाए । परिषद्ले निजी क्षेत्रले गर्ने सहयोगको विषयमा चर्चा गरी प्राप्त सुझावलाई सम्बन्धित निकायलाई बुझाएको सुनाइन् । अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमोट गर्न र भारतसँग सीधा उडान भर्न भारतीय टुर अपडेटर, फिल्म स्टार, राजनीतिज्ञ र पत्रकारलाई पोखरा बोलाएर सहजीकरण गरेको उनले सम्झे ।
कोरोला नाका खोल्न व्यापारिक केन्द्रको विकास गर्न, पर्यटन ऐनलाई व्यवसायी मैत्री बनाएर ऐनमै सुधारको पहल गर्न योबिचमा परिषद्ले काम गरेको उनको भनाइ छ । चीन र भुटानबाट पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर उडान गर्न पहल गरेको पनि उनले सम्झे ।
अन्तर्राष्ट्रिय उडान चिनियाँ एम्बेस्टरलाई पोखरामा डाकेर ड्रागन बोट रेस महोत्सवमा सञ्चालन गरेको श्रेष्ठले बताए । परिषद्ले पोखरालाई पर्यटकको राजधानी बनाउन तीन तहका सरकारसँग समन्वयमा भूमिका निर्वाह गरेको भनाइ छ । ‘पोखरेलीहरुको वर्षौको चाहाना पूरा गर्ने कार्यक्रमलाई साकार बनाउन सफल भइयो । पोखरा मुग्लिन सडक खण्डको स्तरोन्नतिलाई छिट्टो गर्न विभिन्न छलफलसँगै सार्थक पहल गरियो । अर्थात् सरकारलाई एक प्रकारको दबाब दिइयो । त्यो केही हदसम्म सफल भएको छ,’ उनले भने ।
परिषद्ले घर देश अनि परदेशु सांगीतिक कार्यक्रम गरेर जनचेतना फैलाउन सफल भएको उनको भनाइ छ । यो बिचमा परिषद्ले पोखरामा गल्फ एण्ड बियोन्ड कार्यक्रममा सहयोग, व्यवसायीहरुको समस्यालाई समाधान गर्न विभिन्न कार्यक्रम गर्न सफल भएको अध्यक्ष श्रेष्ठले सुनाए । देशको समग्र पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल चलाएको उनले सुनाए । उनले यसबिचमा पाटा एडभेन्चर मार्ट पोखरामा आयोजना गर्न सफल भएकोमा पनि सबैलाई धन्यवाद दिए ।









महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया