सिटीवान टेलिभिजनले तीजगीत मेला गर्ने

पोखरा ।
सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजमा सांस्कृतिक तीज गीत प्रतियोगिता गर्ने भएको छ । ‘तीजको बेला सिटीवानको सांस्कृतिक मेला, तेस्रो खुला तीज गीत प्रतियोगिता–२०८१’ नाममा टेलिभिजनले तीजका सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।
भदौ १५ र १६ गते विहान ९ः०० वजेदेखि तेस्रो संस्करणको प्रतियोगिता टेलिभिजनले गर्न लागेको हो । टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका कतिपय संस्कृतिहरु लोप हुन लागेको भन्दै सबैको संस्कृति संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् ।
भदौको १५ र १६ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रमा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुषा ५ हजार, उत्कृष्ट शब्द ५ हजार छ । निशुल्क समूह दर्ता गरी आफ्नो संस्कृति प्रस्तुत गर्न अनुरोध टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले गरेका छन् ।







कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया