क्याट वाकको आँखा शिविर

समाधान संवाददाता २०८१ भदौ ५ गते ११:५५

पोखरा ।

Advertisement

क्लब क्याटवाकले निशुल्क आँखा जाँच शिविर, रक्तदान लगायत विविध कार्यक्रम गरी दोस्रो वार्षिकोत्सवको मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ ।


पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परीक्षणबाट १ सय २१ जनाले लाभ लिएका छन् । रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत संकलन भएको क्लब क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।


क्लबले यसअघि विद्याश्रममा खाद्यान्न वितरण, सरकारी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक, झोला तथा स्टेसनरी वितरण, भूकम्प पीडितलाई आर्थिक सहयोग लगायतको कार्य गर्दै आएको क्लबका अर्का सञ्चालक अमृत पहारीले बताए ।


सञ्चालनदेखि नै क्लब क्याटवाक युवा पुस्तामा निकै रोजाइमा छ । क्लबले दोस्रो वार्षिकोत्सवकै अवसरमा कन्दरा ब्यान्डको विशेष सांगीतिक कार्यक्रमसमेत गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया