पाेखरामा लागुऔषध सहित २ जना पक्राउ

पोखरा ।
पोखरामा अवैध लागु औषध सहित मंगलबार छुट्टाछुट्टै ठाउँबाट २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा पोखराबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
पोखरा बस्दै आएका खोटाङका वर्ष ४० का बिरबहादुर तामाङ पोखरा ८ सिमलचौरबाट र भारतका वर्ष ४६ का शिवकुमार बानियाँ पोखरा १२ भृकुटी टाेलबाट पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
तामाङलाई बुप्रिनर्फिन ५ एम्पुल, डाईजापाम ५ एम्पुल र फेनरागन ५ एम्पुल गरी जम्मा १५ एम्पुल र नाईट्रोभ्याट १० लेखेको ट्याव्लेट २० चक्की सहित पक्राउ गरिएको छ ।
बानियाँको साथबाट बुप्रिनर्फिन ३५३ एम्पुल, डाईजापाम ३५९ एम्पुल र फेनरागन ३४५ एम्पुल गरी जम्मा १०५७ एम्पुल र नाईट्रोभ्याट –१० लेखेको ट्याव्लेट १०७० चक्की र नुर्फिन लेखेको स्टिकर १७४ थान, मोबाइल थान १ फेला परेको प्रहरीको भनाइ छ ।
कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया