कास्की कांग्रेस सामाजिक उद्यमशीलताका लागि उत्प्रेरक बन्ने
जिल्ला कार्यालय परिसरमा नयाँ भवन बनाइने

पोखरा
नेपाली कांग्रेस कास्की कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षता बुधबार बैठक बसेको छ । बैठकले कांग्रेस कास्कीको सांगठनिक सुदृढीकरण र सबलीकरणका लागि विभिन्न निर्णयहरु गरेको छ ।
कांग्रेसलाई समुदायसँग जोड्न तथा बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिमा सबैजना लाग्नुपर्ने बरालले बताए ।
प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिमा सहयोग गर्न सामाजिक उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने कार्यमा नेपाली कांगेस कास्कीले सामाजिक उत्प्रेरकको रुपमा कार्य गर्ने निर्णय गरेको छ ।
समसामयिक विषयहरुमा पार्टीलाई राय, सल्लाह र सुझाव दिनका लागि समाजका विविध क्षेत्रमा विशेषज्ञता प्राप्त गरेका व्यक्तिहरुको विशेषज्ञ वृत्त (एक्पर्ट सर्कल) को निर्माण गर्ने, महानगरपालिका र गाउँपालिकाका प्रत्येक वडाहरुमा तथा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा कार्यालय लगायत सरकारी कार्यालयहरुमा सुशासन स्थापनामा सहयोग गर्ने प्रयोजनका लागि पार्टीका तर्फबाट प्रतिनिधिहरु खटाउने पनि बैठकको निर्णय छ ।
नेपाली कांग्रेस, कास्कीको प्रांगणमा नयाँ कार्यालय भवन बनाउन पार्टीका विभिन्न तहहरु र शुभचिन्तकहरुसँग आवश्यक छलफल र परामर्शलाई अगाडि बढाउने निर्णय पनि बैठकले गरेको जानकारी कास्की कांग्रेस सभापति किशोरदत्त बरालले दिए ।
बिपी जयन्तीको अवसरमा भदौ २४ गते जिल्लाका ७२ वटै वडामा एकसाथ क्रियाशील सदस्यताको प्रमाणपत्रहरु वितरण गर्ने लगायत महत्वपूर्ण निर्णयहरु बैठकबाट सर्वसम्मतरूपमा गरिएको बरालले जनाए ।
सामाजिक उद्यमशीलता विकास कार्यक्रममा संलग्न हुन सामाजिक उत्प्रेरकको रुपमा नेपाली कांग्रेस कास्कीले पार्टीका विभिन्न तह र आम जन समुदायलाई आह्वान गर्ने छ । प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका निम्ति नेपाली कांग्रेसका प्रत्येक सदस्यहरुलाई उद्यमशीलतासग जोड्नुपर्छ र यसो गर्न सकिएमा मात्रै भ्रष्टाचारको अन्त्य गर्न र समाजको आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने सभापति बरालको भनाइ छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया