पोखरा म्याराथनबाट साढे ३ लाख बचत

पोखरा ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे ३ लाख बचत भएको छ । मञ्चले गएको ५ फागुन मा आयोजना गरेको म्याराथनको बुधबार आयव्यय सार्वजनिक गरेको हो ।
म्याराथन प्रविधिमा जाँदा कम बचत भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । मञ्चका अध्यक्ष पराजुली अनुसार म्याराथनका लागि ७५ लाख २४ हजार ७ सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार १ सय ३९ रुपैयाँ खर्च भएको बताए । म्याराथनबाट ३ लाख ७२ हजार ५ सय ७८ रुपैयाँ बचत गरेको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट मात्रै ३ लाख ३० हजार ८१ रुपैयाँ आम्दानी भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरेली मञ्च युकेको मुख्य प्रायोजनबाट ७१ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ आम्दानी भएको उनले उल्लेख गरे । ‘१७ औ संस्करणमा म्याराथनलाई प्रविधिमैत्री बनाउदा ६ लाख खर्च भएको थियो,’ उनले भने ‘१८ औं संस्करणमा ४ लाख प्रविधिमैत्री खेलको लागि खर्च भयो ।’
उनले बचत रकम प्रशासनिक खर्च तथा घरभाडामा खर्च हुने सुनाए । १९ औं संस्करणको म्याराथन ३ फागुन २०८१ मा हुने भएको छ । आगामी म्याराथनमा थप एक विधासमेत थपिने मञ्चले निर्णय गरेको छ । मञ्चले २१ किलोमिटरतर्फ पुरुषको विधा थप गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए । उनले पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराएको बताए ।
उनले एम्सको क्यालेन्डरमा समावेश गर्न १९ औं संस्करणको म्याराथनको समयमै मिति तय गरेको जनाए ।
१८औं सफल म्याराथनमा सबैै विद्यागत रुपमा पुरस्कार बढाउँदा १८ लाख पुगेको जानकारी दिदै अध्यक्ष पराजुलीले १९ औं संस्करणको प्रतियोगितामा अन्य इभेन्टमा केही नगद पुरस्कार थप गरी २१ लाख ३४ हजार पु¥याउन लागेको बताए ।
भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, कोषाध्यक्ष महेश पौडेलले म्याराथनको लागि दक्ष जनशक्ति बढाउन ध्यान दिन पर्ने बताए ।
तपाईको प्रतिक्रिया