सहकारी ठगी सम्बन्धमा संसदीय समितिले रवि लामिछानेसँग भोलि २ बजे बयान लिने

पोखरा ।
पोखराको सूर्यदर्शन सहकारी सस्था लिमिटेड लगायतका सहकारी सस्था ठगी गरेको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई बयानका लागि बोलाएको छ ।
संसदीय समितिका सभापति सूर्य थापाले लामिछानेलाई भोलि शुक्रबार २ बजे बयानका लागि बोलाइएको जानकारी दिएका छन् । जीबी राई संलग्न विभिन्न सहकारीबाट गोर्खा मिडियामा करोडौ रुपैया लगानी भएको देखिन्छ । पार्टी खोल्नु अघि रवि लामिछाने जीबी राईका व्यवसायिक साँझेदार थिए ।
जीबी र रवि मिलेर गोर्खा मिडिया प्रालि मार्फत स्पेश फोर के टेलिभिजन चलाएका थिए । रवि गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए ।
सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।
यसअघि रवि र जीबीका अर्का साँझेदार छविलाल जोशीलाई पनि भोलि नै बयानका लागि बोलाइएको छ । सभापति थापाका अनुसार पूर्व डिआइजी समेत रहेका जाेशीलाई ११ गते सिंहदार स्थित समितिको कार्यालयमा बोलाइएको छ ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया