टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सामाजिक सञ्जाल टिकटकले नेपालको कानून तथा नीति नियम पालना गर्ने प्रतिबद्धतासहित पत्राचार गरेको थियो।
टिकटकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सम्बोधन गरेर नेपालको कानून तथा नीतिरनियम पालना गर्ने प्रतिबद्धता जनाएको हो । पत्रमा टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले हस्ताक्षर गरेका छन् ।
यसअघि प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्राचार गर्दै आएको टिकटकले पछिल्लो पटक सिधै सञ्चारमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । नेपाल सरकार र टिकटकबीच ८ पटक पत्राचार भइसकेको छ ।
पछिल्लो प्रतिबद्धतासँगै सरकारले १० महिना अगाडि टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको हो ।
२०८० मंसिरमा मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी कार्यविधि जारी गर्दै सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो ।
तपाईको प्रतिक्रिया