फार्मेसीबाटै बिक्री हुन्छ लागुऔषध

पोखरा । लागुऔषध किनबेचमा संलग्न फार्मेसी सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–९ का २७ वर्षीय विजय पोख्रेल र पोखरा–९ नयाँबजारका ४८ वर्षका केदार अधिकारी छन् । अधिकारी लागुऔषध बिक्रेता र पोख्रेल क्रेता हुन ।
कास्की प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामको टोलीले बुधबार साँझ ८ बजेको समयमा नयाँबजारमा शंकास्पद अवस्थामा पोख्रेललाई फेला पारी निजको शरीर खानतलासी गर्दा उनको झोलामा ट्यापेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल १ सय २० चक्की फेला पारेको थियो । पोख्रेललाई सोधपुछ गर्दा पोखराको नयाँबजारमा रहेको विभूति फार्मेसीबाट खरिद गरेको भन्ने बयान दिएका थिए ।
उनको बयानका आधारमा फार्मेसीमा खानतलासी गरिएको र ९० चक्की सोही लागुऔषध बरामद भएपछि सञ्चालक अधिकारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैजनालाई लागुऔषध मुद्दामा अधिकारीलाई ९ दिन र पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।








महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया