तीजको दरमा कास्की प्रशासनको सुक्ष्म निगरानी !

पोखरा । कास्की जिल्ला प्रशासनले बर्सेनि तीजका बेला एउटा सूचना जारी गर्छ । बिहीबार प्रशासनले यस्तै सूचना जारी गर्यो खर्चिला र सामाजिक सद्भावमा असर पुराउने गरी तीजका कार्यक्रम नगर्न भनेर ।
वर्षभर घरमा खुम्चिएर बस्न वाध्य महिलाहरु तीजका बेलामा साथीहरु जम्मा भएर दर खाने चलन बढेको छ । यसमा भने प्रशासन र केही अधिकारकर्मीले जहिल्यै छड्के नजर हेर्ने गरेको पाइएको छ ।
घरभित्रको कामबाट बाहिर निस्केर साथीभाइसँग नाचगान गरी दर खाँदा कसरी भयो तीज भड्किलो ? यसको उत्तर भने प्रशासनले दिन सक्दैन ।
कास्कीका सहायक प्रजिअ गंगाबहादुर क्षत्रीले बिहीबार सूचना निकाले तीजको मौलिकतामाथि आँच आउने र खर्चिलो तथा तडकभडकसाथ तीज मनाएमा कारवाही गर्ने चेतावनी दिएका छन् ।
हरितालिका तीजको दिन निराहार ब्रत बस्ने र त्यसको एक दिन अगाडि दर खाने मौलिक परम्परा विपरीत तीज आउनु भन्दा निकै समय अगाडि देखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने ध्वनि प्रदूषण हुनेगरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने सूचनामा भनिएको छ ।
‘त्यसैले आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पुर्याउने खालको भड्किला कार्यक्रम तथा क्रियाकलाप नगर्न, नगराउनु हुन सम्पूर्ण जिल्लावासीमा अनुरोध गरिएको छ’ सूचनामा छ, ‘यस सूचनाको बर्खिलाप हुनेगरी भए गरेका कार्यक्रमहरुको प्रशासनबाट सुक्ष्म निगरानी राखी सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली २०३३ र अन्य प्रचलित कानुन अनुसार कारवाही हुने छ ।’ सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था र महिला संजाल तथा जिल्लाबासीबाट सहयोगको अपेक्षा पनि प्रशासनले राखेको छ ।









सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया