स्वास्थ्य बिमाको सुविधा थैली कार्यान्वयनमा

समाधान संवाददाता २०८१ भदौ ७ गते १३:१९

काठमाडौँ ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागू गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए । बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागू गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागू गरिएको हो ।

Advertisement


बोर्डले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ । नयाँ सुविधा थैलीमा स्वास्थ्य बिमाअन्तर्गत १ हजार २ सय ९० प्रकारका औषधि छन् । अस्पताल टिकट रु ५० तोकिएको छ । शड्ढयाको प्रतिदिन २ सय ५० राखिएको छ । यसअघि साधारण शड्ढयाको दुई सय थियो ।


स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँचजना परिवारसम्मका लागि ३ हजार पाँच सय बराबरको योगदानका आधारमा १ लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य ७ सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान छ ।

स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाखसम्म तोकिएको छ । बिमा कार्यक्रममा कूल बिमित परिवार संख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कूल बीमित जनसंख्या ७७ लाख ४१ हजार चार सय ८३ जना रहेको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया