मर्स्याङ्दी बस दुर्घटनाका सिकिस्त घाइते १२ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

समाधान संवाददाता २०८१ भदौ ७ गते १६:४७

दमौली ।

Advertisement

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।


नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको हो । उनीहरु बोल्न सक्ने अवस्थाका छन् । दुर्घटनास्थलबाट हालसम्म ४१ जनाको उद्धार भएको छ।

Advertisement


अर्का एक घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । अन्यको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस शुक्रबार बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा खसेको थियो । बसमा चालकसहित ४३ जना सवार थिए ।

Advertisement

तपाईको प्रतिक्रिया